सुर्दशन पाण्डे
पाल्पा भदौ २४ – कपितानियो स्काउट ट्रुप तानसेन पाल्पाको आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरिजवाफ प्रतियोगितामा जिल्लाका आठ वटा विद्यालय सहभागिता रहेको प्रतियोगितामा रामपुर ईङ्लिस बोर्डिङ स्कूलमा संचालित स्काउट ट्रुप प्रथम भएको छ भने बेथल स्काउट ट्रुप द्धितिय र माउन्ट भ्यालि स्काउट ट्रुप तृतिय भएको छ । कार्यक्रमको पुरस्कार वितरण समारोहमा नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समति सदस्य तथा पाल्पा ईन्चार्ज जिवन आचार्यले पाल्पा स्काउटको विकासमा निरन्तर क्रियासिल रहेको बताउँदै हाल ३० भन्दा बढी विद्यालयमा स्काउटिङ् गतिविधि संचालन रहेको र २०८० भित्रमा १०० वटा बढी स्काउट ट्रुप बनाउने योजना रहेको बताउनु भयो । प्रथम पुरस्कार नगद ३ हजार मेडल प्रँंसशा पत्र प्रदान गरिएको थियो । दोश्रो स्काउट ट्रुपलाई नगद २ हजार मेडल प्रँंसशा पत्र र तेश्रो हुने स्काउट ट्रुपलाई १ हजार मेडल प्रँंसशा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमा तानसेन नगरपालिका स्काउट संयोजक माधव खनाल, माथागढी गाँउपालिकाका स्काउट संयोजक शोभा भट्टराई, राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य राम प्रसाद ढकाल लगायतले स्काउटले शिक्षा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान गरेको बताउनु भएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा सेन्ट कपितानियोका प्रिन्सीपल सिस्टर एनिस जोसेफको अध्यक्षतामा चलेको हो ।