पाल्पा – पाल्पाका दश वटा पालिकामध्ये पूर्वखोला स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ पालिका बनेको छ । स्वास्थ्य कार्यालय पाल्पाले विभिन्न २५ वटा सूचकाङ्क बनाएर गरेको मुल्याङ्कनमा पूर्वखोला पहिलो बनेको हो ।


पूर्वखोलाले कुल १०० अङ्कमा ८३ दशमलब ८१ अङ्क ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । यस्तै ८३ दशमलब ५२ अङ्कसहित निस्दी गाउँपालिका दोस्रो र ८३ दशमलब १९ अङ्कसहित रैनादेवी छहरा गाउँपालिका तेस्रो बनेको छ ।
पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्र तथा पालिकाले सेवाग्रहीलाई दिएका स्वास्थ्य सम्बन्धी सेवाको आधारमा मुल्याङ्कन गरिएको मुल्याङ्कन टोलीका संयोजक डा. गिरीले बताउनुभयो । जिल्लामा काम गर्ने स्वास्थ्य शाखा तथा पालिकालाई थप उत्कृष्ठ काम हुने अपेक्षा सहित उत्प्रेरणा दिन उत्कृष्ठ घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले बताउनुभयो ।
उत्कृष्ठ हुने पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशा र रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानालाई मंगलबार एक कार्यक्रमका बीच लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर रानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर सबै कर्मचारीले सेवा गर्न सकेमात्र परिवर्तन संस्थागत हुने धारणा राख्नुभयो । उहाँले उच्च मनोबलको कर्मचारीले मात्र जनताले खोजेजस्तो सेवा दिन सक्ने भएकाले कर्मचारीलाई कामको आधारमा पुरस्कृत गर्नुपर्नेमा जोड दिनुभयो ।
पाल्पाका सबै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा प्रभावकारी रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले कार्यसम्पादन मुल्याँकन गर्दा ७५ प्रतिशत अंक भन्दा कम कुनै स्थानीय तहको नआएको बताउनुभो । यसका आधारमा पाल्पाको स्वास्थ्य सेवा कमजोर नभएको उहाँले दावी गर्नुभयो ।सोही अवसरमा उत्कृष्ठ कार्य सम्पादन गर्नु भएका स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत लेखनाथ अर्याल र कार्यालय सहयोगी टिकाबहादुर भाटलाइ सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0