पाल्पा । “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नारासहित पाल्पामा पनि विविध कार्यक्रम गरी ५९ औँ राष्ट्रिय बाल दिवस २०८० मनाइएको छ ।
पाल्पाका १० वटा स्थानीय तहहरूमा फरक फरक कार्यक्रम गरि दिवस मनाइएका छन् । बाल क्लबहरु , विद्यालयहरूले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै वृहत् र्यालीद्धारा परिक्रमासहित मौलिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ ।
निस्दीमा आयोजित बाल गीत प्रतियोगीता कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजु श्रेष्ठले बालबालिका र शैक्षिक क्षेत्रको विकासमा सबैको सहयोग अपरीहार्य रहेको बताउनु भएको छ ।
बगनासकाली गाउँपालिका सहित पाल्पाका सबै गाउँपालिकाहरुले कार्डको साथमा नारा लगाउँदै वृहत् र्याली, प्रभातफेरी सहित फरकफरक कार्यक्रम गरि मनाएको हो । पाल्पाका धेरैजसो पालिकामा बाल मैत्रि कार्यक्रम चलिरकेको छ ।
बाल दिवसको अवसरमा विद्यार्थी सम्मान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । भने बगनासकाली ८ मा बराङ्दीमा बाल क्लबहरुको संयुक्त आयोजनामा बालबलिकाको हक हित अधिकार विषयको वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगीतामा वेद मा. वि बराङ्दी का कक्षा ११ मा अध्ययनरत विद्यार्थी स्मृती बस्याल प्रथम , दर्लमडाडा मावि कक्षा १२ मा अध्ययनरत अंशु गैरे द्वितीय र वेद मावि कक्षा १२ मा अध्ययनरत सुजता गाहा तृतीय हुनुभएको हो । ५९ औँ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा संघ सस्था तथा सरकार प्रमुखहरुले शुभकामना सन्देश समेत दिएका थिए ।