पाल्पा भदौ – अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा दमकडा स्काउट ट्रुप तथा स्काउट क््रयू तानसेन पाल्पाको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगितामा जिल्लाका दश वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा न्यूहोराइजन माध्यमिक बिद्यालय तानसेनमा संचालित स्काउट ट्रुप प्रथम , देववाणी माध्यमिक बिद्यालय तानसेनमा संचालित स्काउट ट्रुप द्धितिय ,राम माध्यमिक बिद्यालय बगनासकाली ४ मा संचालित स्काउट ट्रुप तृतिय भएको छ भने रामपुर ईङ्लिस बोर्डिङ स्कूलमा संचालित स्काउट ट्रुप सान्त्वना भएको छ ।
कार्यक्रमको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रदेश सांसद वीरबहादुर रानाले युवा पुस्तामा स्काउटले राम्रो प्रभाव पारेको बताउँदै दमकडा मा.बिले गरेको काम प्रंशसनीय रहेको बताउनु भएको छ उहाँले स्काउट गतिबिधिलाई प्रतेक बिद्यालयमा पु¥याउनु पर्नेमा जोड दिनुभएकोथियो ।
पुरस्कार बितरण समारोहमा तानसेन ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,दमकडा माध्यमीक बिद्यालयका प्रधानाध्यपक मोहन सापकोटा लगायत, स्काउट शिक्षक गीरीराज पाठक,बिष्णु हितङ्गा , स्थानीय स्काउट समिति तानसेनका सदस्य धनपति गैरे,श्रीधर प्रसाद घिमिरे लगाएतले स्काउट कार्यक्रमले शिक्षा क्षेत्रको विकासमा योगदान पू¥याएको बताउनु भएको छ ।
प्रतियोगितामा निर्णायक मण्डलका संयोजक नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति सदस्य तथा पाल्पा ईन्चार्ज जिवन आचार्यले मौलिकता ,वाक्य र शब्द छनोट लाई बिशेष प्रथमिकतामा राखेर मुल्याङकन गरिएको बताउनुभयो । प्रथम पुरस्कार नगद ४ हजार मेडल प्रँंसशा पत्र प्रदान गरिएको थियो । दोश्रो स्काउट ट्रुपलाई नगद ३ हजार मेडल प्रँंसशा पत्र , तेश्रो हुने स्काउट ट्रुपलाई २ हजार मेडल प्रँंसशा पत्र र सान्त्वना हुने स्काउट ट्रुपलाई १ हजार मेडल प्रँंसशा पत्र प्रदानगरिएकोथियो ।
जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा तानसेन नगरपालिका स्काउट संयोजक माधव खनालको सञ्चालनमा तथा ट्रुपका अध्यक्ष रिया पाण्डेको अध्यक्षतामा चलेको हो ।