पाल्पा,१ असोज ।
हरीतालिका तीज पर्वको अवसरमा सोमबार पाल्पाको पूर्वखोला गाउपालिका वडा नं २ खैरेनीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

बिन्दबासिनी युवा क्लब पुर्वखोला गाउपालिका वडा नं २ छाब्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा बिन्दवासिनी महिला समूह प्रथम, उद्बबुद्व कलेज पूर्वखोला द्वितीय र रम्भा महिला समुह तृतीय भएका छन् । प्रतियोगिताका प्रमुख अतिथि सरस्वती मा.वि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद आचार्यले गाउँ ठाउँमा अझैपनी प्रतियोगिता गर्ने मौलिकता जोगाउन कल्वले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउदै संस्कृति बचाउने दायित्व सबैको भएको बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत तथा निर्णायक दुर्गा पोखरेल,जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनाल,सरस्वती माविका प्रधानाध्यापक रमेशचन्द्र न्यौपाने लगायतले तीज पर्वलाई मर्यादित बनाउन र मौलिकता बचाउन सके तीजको महिमा बढ्ने बताउनु भएको थियो ।
क्लबका सदस्य दीपक न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव शंकर न्यौपानेको संचालन तथा बिन्दबासिनी युवा क्लबका अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















