३ असोज – काठमाडौ केन्द्रित आन्दोलनको क्रममा माइतीघरमा रहेका पाल्पाका शिक्षक जीवन आचार्यले अनपढ सरकारलाई पढाउन शिक्षकहरु सडकमा आउनुपरेको बताउनुभएको छ ।
शिक्षक आचार्यले भन्नुभयो – “यो पनि पढाई हो । यो भन्दा अघि कक्षाकोठामा हामी विद्यार्थीलाई पढाउथ्यौं, सरकार अनपढ देखियो, सरकारले शिक्षा र शिक्षकहरुलाई हेर्ने दृष्टिकोणमा कमी देखियो, अहिले हामी सरकारलाई पढाउन आएका हौं ।”


शिलापत्र अनलाईनलाई दिएको अन्तवार्ताका क्रममा आचार्यले यस्तो टिप्पणी गनुभएको हो । “नेपालका स्थानीय तहका जनप्रतिनिधीहरुको सोंच्ने तरिका र शैली आज हामी निष्पक्ष देख्न सक्दैनौं ।” उहाँको भनाइ थियो पाल्पाली शिक्षकहरुको नेतृत्व गर्दै काठमाण्डौ पुग्नुभएका आचार्यको भनाईलाई सामाजिक सञ्चालमा कडा टिप्पणीको रुपमा लिईएको छ ।
आचार्यले भन्नुभयो, “सरुवाको अधिकार, बढुवाको अधिकार, जागिर निष्कासन सम्मको अधिकार जस्ता अधिकारहरु स्थानीय तहमा पठाईएको छ । नेपालका स्थानीय तहहरु त्यो हिसावले वृत्ति र विकास भईसकेका छैनन् । धेरै स्थानीय तहका राजनैतिक आग्रह र पुर्वाग्रहको चपेटामा विद्यालय र शिक्षकहरु पर्न सक्छन् । शिक्षकको मनोबल कमजोर भयो भने शिक्षा क्षेत्र सुधार हुन सक्दैन ।” सामुदायिक बिद्यालयको शिक्षाको सबलीकरणमा समेत संघीय शिक्षा विधेयक बाधक भएको आरोप समेत लगाउनु भएको छ ।
गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी अध्ययनरत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0