पाल्पा – पाल्पामा सवारी दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–७ खानीगाउँका मोटरसाइकल चालक २८ वर्षीय सुधन भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो।
तानसेनबाट खानीगाउँतर्फ जाँदै गरेको लु५५ प ६८५६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट तानसेन आउँदै गरेको लु१ ज १७५९ नम्बरको जीप बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानीको झिरभन्ज्याङ्मा बुधबार बिहान साढे ११ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
गम्भीर घाइते भट्टराईलाइ तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो हेलिकप्टरमार्फत काठमाडौँको ग्राण्डी हस्पिटल लगिएको थियो। उपचारका क्रममा बेलुकी करिब ५ ः ५० बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताउनु भयो ।
जीप चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















