पाल्पा असोज – वन्यजन्तुको न्यूनीकरणका लागि संसदबाट कानुन संसोधन गर्ने आफू निरन्तर अभियानको रुपमा लागेको बताउनु भएको छ ।
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं साधारण सभा तथा दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बालि बिमागर्ने गरि समेत कार्यक्रम तयारी भएको उहाँको भनाइथियो। बाँझो जमिनमा भूगोल सुहाउने वैकल्पिक खेतिहरु कुरिलो खुर्सानी लगाएतका निर्माण गरांै,टिमुर काफल र ओखरको समेत वन बनाउँ उहाँको भनाइ थियो । किसानका उत्पादनले बजार पाउने ग्यारेन्टी हुने काममा नीतिगत रुपमा लाग्ने बताउनु भएकोछ । सांसद गैरेले पाल्पामा बगनासकाली सहकारीले स्थानीय उत्पादन बढाउदै जनतालाई रोजगारी सृजना गरेकोमा समेत खुशी व्यक्त गर्नु भएको थियो । आम जनताको आयमा वृद्धि गर्दै शुखी नेपाली समृद्ध नेपालको अवधारणा पूराहुने बिश्वास व्यक्त गर्नुभयो।

अधिबेशनमा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले विकासको गतिलाई सबैमिलेर अघिबढाउनुपर्ने बताउनुभएकोछ । सहकारीको साधारण सभामा बोल्दै प्रदेश सांसद रानाले साझा रुपमा काम हुँदा धेरै समस्या समाधान हुने उल्लेख गर्दै सहकारी मार्फत ब्यवसायीक कृषिमा लाग्न आग्रह गर्नु भएको छ ।
कार्यक्रमका बगनासकालीगाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले
यो सहकारीले ३८ वर्षको इतिहासमा सफलताको कथा लेखेको बताउदै संस्थाले पालिकाको गरिमा बढाएकोमा प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा आर्थिक सुपरिवेक्षण समितिका संयोजक रबिलाल तिमिल्सिनाले सहकारीको शेयर सदस्यको संख्या १३सय पुगेको बाल बचत ३ सय ५० जना रहेको र ९करोड ३६ लाख २९ लाख कारोबार गरेको बताउँदै १४ लाख ७९ हजार रुपैया नाफा गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष कृष्णप्रसाद भुषालले म संग मेरो बगनासकाली विकाश र समृद्धिका लागि सहकारी नाराका साथ संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने बताउदै आधुनिक प्राविधिमार्फत कृषिको थालनी सुरु भएको बताउनु भएकोछ । उहाँले दुग्ध संकल्न केन्द्र , कुरिलो पकेट क्षेत्र र अकबरे खुर्सानी सहित उत्पादनमा निरन्तर लागि परेको बताउनु भएको छ ।उहाँले आगामी दिनमा भैंसी श्रोत केन्द्र बनाउने सुन्तला पकेट क्षेत्र निर्माण गर्ने जस्ता उत्पादनमा आधारित कामलाई निरन्तरता दिने बताउनु भएको छ।

सभामा बगनासकालीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सहकारीहरुको बेथिति बढेका बेला यो सहकारीले समाजमा आर्जेको बिश्वास निकै ।महत्वपूर्ण रहेको र यसको गरिमा बढाइ राख्नु पहिलो दायित्व हुने बताउनु भएको छ । सभामा बगनासकाली ८ का वडा अध्यक्ष मोतीलाल, बगनासकाली ९ का.वा वडा अध्यक्ष यमलाल तिमिल्सेना ,सहकारी अभियान्ता तथा निवार्चन समितिका संयोजक भुपती पाण्डे,सहकारी अभियान्ता जिवलाल बस्याल ,पत्रकार,महासंघपाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना सल्लाहकार गणेश प्रसाद बस्याल सुन्तला जात तथा फलफुल केन्द्र पाल्पाका प्रमुख दिपक भट्टराई ,कुमारी बैंक पाल्पा शाखाका प्रमुख रमेश थापा ,सेयर सदस्य सिता घिमिरे , जगन्नाथ बस्याल, सम्मानितको तर्फबाट दयाराज न्यौपाने, संस्थाका उपाध्यक्ष बिमला बस्याल लगाएतले सहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढावा दिने बिश्वास व्यक्त गदै योजना निमार्णदेखी कार्यन्वयनका चरणसम्म निरन्तर लागिपर्नुपर्नेमा जोडदिनु भएकोथियो।
उत्पादन र बिक्रीमा सुनिश्चितता हुने काममा लागेको बताउदै संस्थाका सचिब कमलराज तिमिल्सेनाले युवाहरूलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम निर्माण गरेको बताउनुभयो ।

कार्यक्रममा व्यवसायीक रुपमा सफल उधमीहरु बिष्णु भुषाललाई मेगा पुरस्कार प्राप्त गर्नुभयो।जस्ले यो बर्ष ३ हजार ४ सय ६५ लिटर दुध बिक्रि गरेको भन्दै नगद ११ हजार सहित सम्मान गरेको छ भने दुध बिक्रीमै शोभाखर भट्टराई, जसुदा गैरेलाई नगद सामाग्री सहित सहित सम्मान गरेकोहो । त्यस्तै कार्यक्रममा ८४ बर्ष पूरा भएका ज्येष्ठ सेयर सदस्य ४ जनालाइ लौरो हर्लिस र दोसल्ला प्रदान गरि सम्मान गरेको हो भने पत्रकार समाचारघर कर्मी दयाराज न्यौपाने, उत्कृष्ट कर्मचारी पदम बस्याल, कोषाध्यक्ष ताराप्रसाद घिमिरे लगाएत संस्थालाई सहयोग गरेका विभिन्न ब्यक्तिहरुलाइ सम्मान पत्र ,पाल्पाली करुवा र दोसल्लाले सम्मान गरीएकोथियो। संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येका उत्कृष्ट अंक ल्याउने ६ जना बिद्यार्थीहरुलाईसम्मान पत्र, र मायाको चिनोले सम्मान गरीएकोथियो।

भने दोस्रो अधिबेशनले कृष्णप्रसाद भुसालको अध्यक्षतामा सर्वसम्मत १५ सदस्सीय संचालक समितीको गठन गरेको छ। जस्को बरिष्ट उपाध्यक्षमा ताराप्रसाद घिमिरे,उपाध्यक्षमा जिवकला बस्याल,सचिवमा कमलराज तिमिल्सेना,सह— सचिवमा सुर्य बस्याल र कोषाध्यक्षमा यूवराज गैरे रहनु भएको हो । भने सदस्यहरुमा मुक्तिप्रसाद बस्याल,केशवराज बस्याल,जगदिशप्रसादबस्याल,नमकला घिमिरे,रमा बस्याल,पवित्रा पाठक बस्याल,सजना बस्याल,शालिकराम भट्टराई,धनकुमारी वि.क.गजमेर रहनुभएको छ ।त्यस्तै रविलाल तिमिल्सेनाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरेबेक्षण समितिको समेत सर्वसम्मत गठन भएको छ। जस्को सदस्यहरुमा शारदाप्रसाद भुषाल र गिता घिमिरे रहनुभएकोछ ।




















