दयाराज न्यौपाने
पाल्पा असोज बगनासकाली गाउँपालिका ७ खानिगाउँका वडा अध्यक्ष गणबहादुर बुढाथोकीलाई मातृशोक परेको छ । उहाँकी आमा कुमारी बुढाथोकीको ८० बर्षको उमेरमा सोमबार निधन भएको हो । उपचारको क्रममा उहाँको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । उहाँ लामो समयदेखि दमको रोगले ग्रसित हुनुहुथ्यो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले शोक विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नु भएको छ । साथै मातृशोकमा रहनु भएका वडा अध्यक्ष बुढाथोकी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । भने स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्ने प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, प्रदेश सभा सदस्य वीरबहादुर राना,बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा,बगनासकाली ८का अध्यक्ष मोतीलाल बस्याल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक भट्टराई लगायत घर र सागरमा पुग्नुभएको थियो । स्वर्गीय बुढाथोकीको मङ्गलवार बिहान रानीघाटमा अन्तिम संस्कार गरिएको थियो ।




















