दयाराज न्यौपाने
असोज १०- बगनासकाली गाउँपालिकाले ४४औँ विश्व पर्यटन दिवस बिबिध कार्यक्रम गरि मनाएको छ।
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइएको हो । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।

सो अवसरमा पाल्पाको बगनासकाली गाउँपालिका ४ खानिछापमा रहेको तीनछाँगा झरनाको अवलोकन र पद यात्रा र गरि मनाइएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पाल्पा पर्यटनको राम्रो सम्भावना रहेको बताउदै तीन छागालाइ धार्मिक रुपमा जोडेर पूर्वधार निर्माण गरि ओझेलमा रहेका स्थानलाई प्रवद्र्घन गर्नु पर्नेमा जोड दिनु भएकोथियो । उहाँले समृद्धिको आधार कृषिसँगै पर्यटन भएको बताउनु भएको छ । पाल्पाको कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले तीन छाँगालाई ब्यवस्थित बनाउन नितिगत रुपमै लागेको बताउदै स्रोतको अभाव हुननदिने बताउनु भएको छ ।
दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले गाउँपालिकाले नयाँ र नवीनता काम सगँै पर्यटन क्षेत्रलाई ध्यान दिदै कार्यक्रम आयोजनाले थप विकासमा टेवापुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेल बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा, वडा अध्यक्ष जित बहादुर थापा, तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष वामदेव बस्याल, नाटाका अध्यक्ष राजिव साह, प्याब्सनका केन्द्रीय सदस्य भरत न्यौपाने,प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य सहित पदाधिकारीहरु, वडा सदस्यहरु लगाएत स्थानीयहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

बगनासकाली ४ खानिछाप तिन छाँगा एकै स्थलका सुन्दर तिन झरना हरु लाई पर्यटकिय गन्तव्यको रूपमा विकास गरि सो क्षेत्रलाई पर्यटकिय गन्तब्य को रूपमा ग्रामीण भेगमा पर्यटनको पहुँच पुयाई समृद्धि को यात्रा तय गर्न सकिन्छ भन्ने उदेश्यले काम गरिएको पर्यटन व्यवसायी तथा नेकपा एमाले पर्यटन विभाग पाल्पाका प्रमुख धनिश्वर बस्यालले बताउनु भयो ।पर्यटन दिवसकै अवसरमा प्याब्सन पाल्पाले नियात्रा लेखन कार्यक्रम समेत गरेको छ ।
सो अवसरमा फ्रान्सेली नागरिकलाई प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले फुल र खादा द्वारा सम्मान गर्नु भएकोथियो । फ्रान्सका नागरिक जोरोमीले नेपालीको माया गर्ने शैली निकै राम्रो लागेको र सम्मान आफ्ना लागि फरक र अत्यन्तै सम्झन लायक रहेको बताउनु भयो। आफु दोस्रो पटक नेपाल आएको समेत बताउँनु भएको थियो।




















