कानुनी पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन भएको छ ।


कानुनी पहिचान (नागरिकता र जन्म दर्ता )का विषयमा महिला कानुन र विकास मञ्च काठमाडौंको सहयोग र जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सहजीकरण गदै राज्यबाट व्यक्तिले प्राप्त गर्ने अधिकार सेवा सुविधाको हकदार हुने महत्वपूर्ण आधार व्यक्तिको कानुनी पहिचान नै भएको बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय उपप्रमुख काशीका गैरेले जनप्रतिनिधिले धेरै बिषयबस्तुमा जानकार हुनपर्ने परिस्थिति रहेको उल्लेख गदै सानो गल्तीले पनि जनताले धेरै दुःख पाउने हुदाँ सहज समाधानमा कानुनी र ब्यवहारीकता मिलाउन आग्रह गर्नु भएको थियो ।
नागरिकता, जन्म दर्ता प्रदान गर्दा कुनै त्रुटि नहोस्, कानुनी आधार पूरा भएकाले सहज रूपमा नागरिकता र जन्म दर्ता प्राप्त गर्न सकुन् भनेर यससँग सम्बन्धी कानुनी व्यवस्थाका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहयोगी संस्थाका विनोदचन्द्र देवकोटाले जानकारी दिनुभयो ।


अन्तरक्रिया कार्यक्रममा वडाध्यक्षहरुले कानुनी विषयको पूर्ण जानकारी नहुँदा नागरिकता र जन्मदर्ता प्रदान गर्दा कतिपय समय अलमल हुने, कानुनले कर्मचारी र जनप्रतिनिधिलाई विभेद गरेको गुनासो समेत गर्नुभएकोथियो । यहाँहरुले कतिपय विषयमा कर्मचारीहरुले आफू बच्नैकै लागि जनप्रतिनिधिहरुलाई अगाडि सार्ने गरेको समेत भनाइ थियो ।
कार्यक्रमममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले अहिले नागरिकको सबैभन्दा नजिकको सरकार वडा कार्यालय भएकोले वडाध्यक्षहरुको सहभागितामा भोग्नु परेको समस्या र गरिएका असल अभ्यासका विषयमा छलफल हुनु आफैमा राम्रो भएको बताउनुभयो ।
जिल्लाका अधिकांश वडाध्यक्षको सहभागिता रहेको कार्यक्रममा नागरिकता र घटना दर्ताका विषयमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र अधिबक्ता रोशना प्रधानले बालबालिका सम्बन्धी ऐन, नागरिकताका प्रकार, जन्म दर्ता सम्बन्धी कानुनी प्रावधान र अहिलेको अभ्यासका साथै नागरिकताका सन्दर्भमा सर्वोच्च अदालतले गरेको केही फैसलाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0