पाल्पा न्यू सप्तरङ्गी युवा क्लबको आयोजनामा झाँक्रीस्थान खेलमैदानमा भलिबल प्रतियोगिता हुने भएको छ ।
फाइल फोटो
बिजया दशमीको अवसर पारेर यही असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म बगनासकाली गाउँपालिका ७ खानीगाउँ झाँक्रीस्थानमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। भलिबल खेलको विकास गर्नुकासाथै खेलकूदमा आकर्षण गर्न, नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटन गराउने मुख्य उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष चन्द्र बहादुर मिधुनले जानकारी दिनुभयो ।
प्रतियोगितामा पाल्पा गुल्मी स्याङ्जा सहित स्थानीय खेलाडीहरुको सहभागिता रहने छ । ३ दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा बिजेताले ४०हजार ४ सय ४० रूपैयाँ द्वितीय हुनेले २०हजार २ सय २० रूपैयाँ, तृतीय हुनेले १०हजार १ सय १० रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
भलिबल खेलसँगै स्थानीय कलाकार साथ बृहत सांस्कृतिक कार्यक्रम हुने क्लबका उपाध्यक्ष लोकेन्द्र सोमैले जानकारी दिनुभयो ।
फाइल फोटो




















