पाल्पा – बगनासकाली ८ मा प्रथम बराङ्दी क्रिकेट कप’ प्रतियोगिता हुने भएको छ ।
बगनासकाली –१ चिलाङ्दीमा असोज २६ गतेदेखि क्रिकेट प्रतियोगिता हुन लागेको हो ।नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा बराङ्दी क्रिकेट क्लबले खुल्ला क्रिकेट प्रतियोगिता आयोजनामा गरेको हो ।
फाइल तस्बिर

खेल एलबीडब्ल्यू बाहेक सबै आइसिसीको नियम अनुसार खेलाइने छ । खेल नक आउट सिस्टममा खेलाइने छ । प्रत्येक म्याचमा “म्यान आफ दि म्याच” प्रदान गरिने,उत्कृष्ट ब्याट्सम्यान,बलरलाई उचित पुरस्कार प्रदान गरिने र खेल अवधीभर उत्कृष्ट हुने एक खेलाडीलाइ नगद र मेडल समेत प्रदान गरिने क्लबका अध्यक्ष तथा खेल संयोजक श्रीधर न्यौपानेले बताउनुभयो । टिम दर्ता फोनबाट गर्न सकिने आयोजकले जनाएको छ । खेल १०–१० ओभरको हुने र फाइनलमा १५–१५ ओभरको हुने बैठकले निणय गरेको सचिव दिपेस पाण्डेले बताउनु भयो । टिम दर्ताका लागी ९८४७०८९४५३, ९८६६०८४५८९, ९८६७५४१६७१ मा सम्पर्क गर्न सकिनेछ । असोज २३ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार ५ सय राखिएको छ ।
प्रतियोगिताको विजेताले २१ हजार शिल,मेडल र प्रमाण–पत्र र उपविजेता टिमले १२ हजार मेडल र प्रमाण –पत्र पाउने छन् ।




















