असोज , पाल्पा  एमाले निकट निर्माण व्यवसायीहरुको भेला तानसेनमा सम्पन्न भएको छ । भेलाले माधव बस्यालको अध्यक्षतामा १५ सदस्यीय नेपाल निर्माण उद्योग परिषद् पाल्पाको गठन गरेको हो । परिषद्को उपाध्यक्षमा भक्तबहादुर वुचा,महासचिवमा प्रकाश कार्की, सचिव बिष्णु अधिकारी,कोषाध्यक्षमा सावित्रा अधिकारी रहनु भएको छ ।

जस्को सदस्यहरुमा गंगबहादुर कामु,गोकूल पौडेल जीवन थापा, अर्जुन न्यौपाने,भीमबहादुर बुढाथोकी,गणेश अर्याल,सरोज पन्थ,प्रदिप ज्ञवाली,टंकबहादुर थापा रहनुभएको छ । भने भेलाले ५ सदस्यीय सल्लाहकार कमिटी   समेत गठन गरेको छ । जस्को सदस्यहरुमा गोपाल पौडेल,बिष्णु कार्की,शशी श्रेष्ठ,कृष्णराज अधिकारी र बिमल काफ्ले रहनुभएको छ ।
भेलाका प्रमुख अतिथि नेकपा एमालले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले निमार्ण व्यवसायीहरुको भेला गरि कमिटी निमार्ण गरि तोकिएको जिम्मेवारी पुरा गरेकोमा आभार व्यक्त गदै निमार्ण क्षेत्रका गतिविधिलाई सक्रीयताका साथ अघिबढाउन आग्रह गर्नुभएको थियो । नेकपा (एमाले) सँग आबद्ध रहेका निर्माण व्यवसायीहरूको सक्रिय सहभागितामा जिल्ला विस्तार एवं गठन प्रक्रिया सम्पन्न गरी केन्द्रमा पठाउने कार्य सम्पन गरेको नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय सदस्य भेषराज तिमिल्सेनाले बताउनुभयो। उहाँले पाल्पामा करिव ९० बटा फर्म मार्फत निमार्ण व्यवसायीहरुले काम गरिरहेको बताउदै सबैलाई सक्रीय भै काम गर्ने समेत आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0