नेकपा एमाले रम्भा गाउँ कमिटी र प्रेस चौतारी पाल्पा विच समन्वय बैठक रम्भा ३ पिपलडाँडामा सम्पन्न भएको छ ।बैठकमा प्रदेश सदस्य योगेन्द्रकुमार गैरेले पार्टीका गतिविधिलाई जन स्तर सम्म लैजाने दायित्व जन प्रतिनिधिको रहेको बताउनु भएको छ । उहाँले प्रेस चौतारीले गरेको काम प्रसंसनिय रहेको बताउनु भयो ।
बैठकमा प्रदेश सभा सदस्य माननीय खेमबहादुर सारुले पालिकाले गरेका राम्रा गतिविधि समेत बाहिर आउन नसकेको बताउदै काम र प्रचार सँगै संगै लैजानु आवस्यक रहेको बताउनु भएको छ ।

बैठकमा तिनाउ गाउँपालिकाका पुर्व अध्यक्ष ओमबहादुर घर्तीले जनताको सुख दुःखमा एमाले रहेको बताउनु भएको छ ।प्रेस चौतारी पाल्पाले पछिल्लो समयमा गरेका गतिविधी तथा कामहरु प्रभावकारी भएको गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनु भयो उहाँले भन्नु भयो पत्रकारसँग पालिका साथमा रहेको समेत उल्लेख गर्नुभएको थियो ।
बैठकमा वडा कमिटी अध्यक्षहरुले पार्टीका गतिविधी बारे जानकारी गराउनु भएको थियो । बैठकमा सहभागी वडा कमिटीका अध्यक्ष तथा जन प्रतिनिधिहरुले प्रेश चौतारी सँग समन्वयगरी विकास तथा पार्टीका गतिविधीहरु जनतासमक्ष लैजाने बताउनु भएको छ । बैठकमा सहभागीहरुले प्रेस चौतारी पाल्पाले शुरु गरेको अभियानले आफुहरुलाइ निकै खुसी बनाएको बताउदै ठोस काम थालेकोमा प्रेस चौतारी नेपाल पाल्पालाइ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा चौतारी संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता समेत गर्नु भएकोथियो ।

बैठकले ५ वटै वडामा दशै तिहारको अवशरमा शुभकामना आदान प्रदान, पाटी सदस्यता नविकरण तथा विस्तार, पालिकाको अधिवेशन कार्तिक मसान्तसम्म गर्ने , हाल भईरहेका विकास निर्माण बारे जानकारी लिने दिने आवश्यक स्थानमा समन्वय गर्ने, प्रचार प्रचारको काममा चौतारी पाल्पा संग समन्वय गरी काम गर्ने निर्णय भएको पालिका कमिटी सचिव बिजय रानाभाटले बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी पाल्पाका सचिवालय सदस्य दयाराज न्यौपाने र प्रदेश सदस्य यज्ञमुर्ति तिमिल्सेनाले चौतारीले गर्दै आएका काम तथा गतिविधी, सहकार्य तथा समन्वयको अवस्था बारे जानकारी गराउनुभएको थियो । पुर्व जिल्ला कमिटी सदस्य कृष्णप्रसाद रेग्मीको स्वागत सचिव बिजयरानाभाटको संचालन र रम्भागाउँ कमिटीका कार्यवाहक अध्यक्ष उमान सिं सारुको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको थियो ।




















