पाल्पा असोज नेसनल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले प्राणघातक रोग लागेका ३ जनालाइ उपचार खर्च हस्तान्तरण गरेको छ ।

एक कार्यक्रममा गरि पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३, हाल तानपा –५ बस्ने गंगा ठडराईलाई प्राणघातक रोग क्यान्सर लागे बापत २० लाख रूपैया र रम्भा गा पा–३,हाल तानपा–७ धोबिधारा बस्ने मन कुमारी सोमैलाई पनि प्राणघातक क्यान्सर रोग लागे बापत १० लाख उपचार खर्च प्रदान गरेको हो ।

प्राणघातक रोग लागेका दुबै जनाले २० लाख र १० लाखको ४–४ बर्षको किस्ता जम्मा गर्नु भएको लेखा प्रमुख अर्जुन अधिकारले बताउनु भयो ।भने केही समय अघि हृदयघात भए बापत तानपा –१२ का पुर्षोत्तम गैरेलाई पनि –५ लाख उपलब्ध गराएको पाल्पा शाखाका प्रमुख उमेश गैरेले बताउनु भयो । उहाँले भन्नुभयो मानिसलाई आर्थिक सुरक्षा सहित जीवन सुरक्षा समेत गर्न सहयोग पु¥याउने गर्दछ ।
क्यान्सर पीडित मनकुमारी सोमैले भन्नू भयो प्राणघातक रोग लाग्यो आर्थिक सहयोग प्राप्त भयो र उपचार गर्ने रिन खोज्जु परेन नत्र उपचार पनि नहुने परिवार समेत बिचल्ली हुन बाट बिमाले जोगाएकोमा खुसी व्यक्त गर्दै बेलैमा गरेकि थिए र आज राहत भएको छ । उहाँले भन्नू भयो समयमै बिमा गरौं ।




















