स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाद्वारा आयोजित बडा दशैं, तिहार, छठ पर्व र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रम तथा “समृद्ध नेपाल बनाउने एकमात्र अभियान, रोकौ प्रतिभा पलायन” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख  प्रमुख टंक प्रसाद भट्टराई , बिशिस्ट अतिथिहरु क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्की , डा. रामनाथ न्यौपाने, श्रीचन्द्र शाक्य, चन्द बहादुर थापा, केशव घिमिरे ,प्राध्यापक संघका अध्यक्ष खिम राना, पुर्व क्याम्पस प्रमुख जीवन बहादुर थापा ,कार्य समिति सदस्य निर्दोष खनाल, कर्मचारी संघका अध्यक्ष डुकुल राज ढकाल, पुर्व स्ववियु सभापति हरिबोल भट्टराई, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य पदम सोमै, अनेरास्ववियू केन्द्रिय सदस्य उमेश भण्डारी, नेबिसंघ इकाई सभापति पुण्य सुबेदी, अनेरास्ववियु इकाई अध्यक्ष सुदर्शन पाण्डे, अखिल(क्रान्तिकारी) क्याम्पस अध्यक्ष मिलन घर्ती मगर लगायत प्राध्यापक,कर्मचारी, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम स्ववियु सभापति कृष्ण अर्यालको अध्यक्षता थियो भने कार्यक्रम संयोजक स्ववियु सदस्य सुशील बस्यालको स्वागत र सह संयोजकको ब्यबस्थापन थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस  प्रमुख टंकप्रसाद भट्टराईले बिद्यार्थीहरुको रचनात्मक र सक्रिय सहभागिताले क्याम्ससलार्ई थप हौसायको बताउनु भएको छ ।अनेरास्ववियु क्याम्पस कमिटी का अध्यक्ष सुदर्शन पाण्डेले अनेरास्ववियु ले क्याम्पस र विद्यार्थीकाे स्तर उन्नती तर्फ कृयाशिल रहेकाे तथा स्ववियु संग समंवन्य गरि रचनात्मक कृयाकलापमा सरिक हुदै अाएकाे बताउनु भयो ।
क्याम्पस प्रमुख टंक भट्टराइले क्याम्पस स्ववियु ले गर्ने हरेक गतिविधी मा सहयाेग रहेकाे र भावी दिनमा पनि सहयाेग रहने साथै उहाले वक्तृत्वकला जस्ता कार्यक्रमले विद्यार्थीकाे वाक कलाकाे विकास संगै क्षमता अभिवृद्दी हुने जानकारी गराउनु भयाे ।
“समृद्ध नेपाल बनाउने एकमात्र अभियान, रोकौ प्रतिभा पलायन” विषयमा वक्तृत्वकला प्रतियोगितामा बि.एड. चौथो बर्षको सुस्मिता खनाल (प्रथम), बि.बि.एस.तेस्रो बर्षको राजेश तिमिल्सिना (दोस्रो), बि.बि.एस.चौथो बर्षको सुमन न्यौपाने (तेस्रो), बिबिएस चौथो बर्षका माया अर्याल (सान्त्वना) हुनुभएको छ ।
सम्पूर्ण आदरणीय ब्याक्तित्व प्राध्यापक, कर्मचारी, विद्यार्थी नेता, स्ववियुका पदाधिकारी तथा सदस्यहरु लगायत विद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो । कार्यक्रम स्ववियु सचिव ताराबहादुर रायमाझीको संचालनमा  सम्पन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0