दयाराज न्यौपाने
पाल्पा असोज – इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पाल्पाको सीत्तलपाटीमा दीप प्रज्वलन गरिएको छ ।


बुधबार साझ अनेरास्ववियु पाल्पाको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए ।


इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । दीप प्रज्वलन कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य शेषकान्त पोखरेलले बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।उहाँले भन्नू भयो सरकारले नेपाल मै जनता टीकाउने काम गर्नुपर्ने हो तर टीकाउन नसकेकोमा गुनासो समेत गर्नु भएको छ ।


दीप प्रज्वलन कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा अनेरास्ववियु कमिटीका  अध्यक्ष सुदर्शन पाण्डेले नेपालीको समयमै उद्दार गरि स्वदेश फर्काउने काममा समेत उदासिन्ता देखाएकोमा दुख व्यक्त गर्नु भएको छ ।उहाँले अन्य देशका नागरिकलाई आफ्नो सरकारले उद्दार गर्दा नेपालीको उद्दार नहुनु लज्जाको कुरा भएको बताउनु भएको छ ।


कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य टीकाबहादुर थापा, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे , जिल्ला सचिव रामजी पोखरेल, एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रय , बिनोद कार्की,बिद्यार्थीहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0