पाल्पा – स्थानीय तहमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् ।
आन्दोलनको क्रममा बगनासकाली गाउँपालिका सहित पाल्पाका १० वटै स्थानीय तहमा आज पनि पेन डाउन गरि जारी राखेका हुन् ।


आन्दोलित कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका २० बढी माग राखी उनीहरू आन्दोलन गरिरहेका छन्।
स्थानीय तह कर्मचारीहरुले जिल्ला सहित पालिकामा संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् । सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको र त्यसो नगर्न आन्दोलनलाई बलियो बनाएर अघिबढेको कर्मचारी मञ्च पाल्पाका जिल्ला सदस्य नारायण तिमिल्सेनाले बताउनु भयो ।

स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखिएको बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनु भयो ।
उहाँहरुले आन्दोलनमा रहेका बेला सहयोग गर्ने समेत आग्रह गर्नु भएको छ ।
यसै बिच बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले प्रेस विज्ञप्ति जारी गदै नेपाल सरकार प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालय काठमाडौलाई कर्मचारीहरुको मागको उचित संम्बोधन गरि काममा फर्किने वातावरण सिर्जना गर्ने समेत आग्रह गर्नु भएको छ ।, उहाँले जारी गरेको बिज्ञप्तीमा भनिएको छ मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थाको आठौ वर्ष पुरा भै सक्दा पनि सार्वजनिक प्रशासनको अर्थपूर्ण कार्यान्वयन हुन नसक्नु बिडम्बना पूर्ण भएको छ । स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले राखेका बिभिन्न मागहरुले गर्दा स्थानीय तहको कार्य सम्पादन तथा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको हुँदा उचित मागको सम्मान जनक सम्बोधन गरी तत्काल काममा फर्किने वातावरण निमार्ण गर्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0