पाल्पा-नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा प्रथम संस्करणको रूपमा बराङ्दी क्रिकेट कप प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ ।


आज भएको पहिलो खेलमा वालिङ क्रिकेट टिम स्याङ्जाले करुवा क्रिकेट टिम पाल्पालाई ३० रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको वालिङले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ९६ रन बनायो ।
९७ रनको लक्ष्य पछाएको करुवा टिमले ९.५ ओभरमा सबै विकेटको गुमाउदै ६३ रनमात्र जोडन सक्यो ।उक्त खेलमा ४ विकेट लिएका वालिङ क्रिकेट टिमका सुशील गौतम म्यान दि म्याच घोषित भए । भने प्रतियोगिता अन्तर्गत शुक्रबार भएको तेस्रो खेलमा आयोजक बराङ्दी क्रिकेट क्लब ‘ए’ विजयी भएको छ । प्रतियोगितामा न्यु इरा क्लब बगनासकाली ६ यम्घा लाई ५ विकेटले पराजित गर्दै आयोजक‘ए’ ले विजयी सुरुवात गरेको हो ।


न्यु इरा क्लबले दिएको ७३ रनको लक्ष्य ५.४ ओभर मै ५ विकेटको क्षतिमा ७३ रनको लक्ष्य सहजै भेटाएको हो ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्यु इराले ९.५ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । बिसिसीका प्रशान्त घिमिरेले ४ विकेट लिए । खेलमा २ विकेट सहित ७ बलमा १७ रन हानेका आयोजक ‘ए’ का दीपेस पाण्डे म्यान दि म्याच घोषित भए । भने झिरभन्ज्याङ क्रिकेट टिम बगनासकाली ९ चापपानीले वाक ओभर पाएर सोझै दोश्रो चरणमा प्रवेश गरेको हो ।


सनिवार ४ बटा खेल हुने क्लबका अध्यक्ष श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।


प्रतियोगिताको बिजेताले २५ हजार सहित सिल्ड तथा उपबिजेताले १५ हजारसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0