पाल्पा- नेपाली काँग्रेस पाल्पाले नेपाल संवत्, विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम गरेको छ । काँग्रेसले शुक्रबार तानसेनस्थित बाल मन्दिरमा एक कार्यक्रमका बिच शुभकामना आदान–प्रदानसँगै चियापान कार्यक्रम सम्पन गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकता, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतले एक आपसमा शुभकामना आदान–प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0