पाल्पा – बगनसकाली–१ चिलाङ्दी खेल मैदानमा आयोजना भएको खुल्ला क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा मिसन वारियर्सले एकता क्लबलाई ८ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।


पहिलो ब्याटिङ गर्दै एकता क्लबले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय १७ रनको राम्रो योगफल तयार पारेको थियो । उस्का लागि सुरजले २५ बलमा ७५ रन जोडेका थिए । बलिङ तर्फ वारियर्सका बाबुराम न्यौपानेले ३ विकेट लिए । १ सय १८ रनको लक्ष्य पछाएको मिसन वारियर्सले ७.५ ओभरमा मै मात्र २ विकेटको क्षतिमा सहज लक्ष्य भेटायो सहज जित दिलाउने क्रममा टंकप्रसाद भुसालले बिस्फोटक पारी खेल्दै मात्र २७ बलमा ९१ रनको शानदार पारी खेले।

खेलमा २७ बलमा ९१ रन हानेका मिसन वारियर्सका टंकप्रसाद भुसाल म्यान दि म्याच घोषित भए । भने आझै भएको अन्य खेलमा होराइजन टिम तानसेन सहित पिसिपि टिम र जिसिसी टिमले पनि जित निकालेका छन् ।
आइतवार पनि ४ बटा खेल हुने क्लबका अध्यक्ष श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
1