दयाराज न्यौपाने
पाल्पा- बराङ्दी क्रिकेट कपको प्रथम संस्करणको उपाधि तानसेनको पाल्पाली क्रिकेट प्ययरर्सले हात पारेको छ ।
नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसर पारेर बराङ्दी क्रिकेट क्लबले बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा आयोजना भएको हो ।१६ टीम सहभागी भएको खेलमा गेजा क्रिकेट टीम बगनासकालीलाई ६ विकेटले पराजित गदै उपाधी जितेको हो । पहिलो ब्याटिङ गरेको गेजा क्रिकेट टीमले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ८७ रन बनाउन सक्यो । उस्कालागि अपार गैरेले १५बलमा ३० रनको बिस्फोटक परि खेले पनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा मध्यम स्कोरमा रोकिन पुगेको हो । पिसिपीका लागि संयोग बस्याल, र अमितले समान २—२ विकेट लिए भने ,रुपेश ,अपर्ण र अजयले १—१ विकेट लिए ।

८८ रनको मध्यम लक्ष्य पछाएको पिसिपीले १० ओभरमा ४ विकेट गुमाउदै सहज जित निकाल्यो । उस्का लागि बिपिन खातिले २४ बलमा ३०रको योगदान गरे भने रुपेश बस्यालले १६ बलमा २४ रन र कप्तान शिव शर्माले समालिदो पारि खेल्दै १२ बलमा २३ रनको योगदानको मदतले सहज जित निकालेको हो ।गेजा क्रिकेट टीमकालागि अपार गैरे,सुजन,सुर्दशन र निरजले १—१ विकेट लिए ।

उक्त खेलमा ३ ओभर मा मात्र ५ रन दिदै २ विकेट लिएका पिसिपीका बोलर संयोग बस्याल म्यान दि म्याच घोषित भए । भने प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका गेजा क्रिकेट टीमका अपार गैरे बेष्ट ब्याड्स म्यान र म्यान अफ द सिरिज दुबै हात पारे उनले नगद ४ हजार मेडल र प्रमाण पत्र हात पारे भने बेष्ट बोलिङको उपाधि पिसिपीका संयोग बस्यालले हात पारे । उनले प्रतियोगिता भर १२ विकेट हात पारेका थिए ।

प्रतियोगिताको बिजेताले २५ हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले १५ हजारसहित मेडल प्राप्त ग¥यो
पुरस्कार वितरण समारोहमा बगनासकाली गाउँपालिका ८ बराङ्दीका वडाध्यक्ष मातीलाल बस्यालले खेल मार्फत राष्ट्रको पहिचान बढाउन सफल भएकोमा खेलाडीलाइ बधाइ दिदै क्रिकेट खेल नियमीत संचालन गर्नका लागि लागि वडा कार्यालयले आवस्यक रकम सहयोग गर्न प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आगामीबर्ष पनि खेललाइ निरन्तरता दिने कार्ययोजना रहेको क्लबका अध्यक्ष श्रीधर न्योपानेले बताउनु भयो । उहाँले सहयोग गर्ने सम्पुर्णलाइ ध्नयवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अफ द सिरिजका स्पोन्सर कृष्णप्रसाद भुसाल,सल्लाहकारहरु,खेलप्रेमीलगाएतको सहभागिता रहेको थियो ।

खेलकुद प्रतियोगिता सम्पन गर्ने सहयोग गर्ने दाताहरुलगाएतलाई प्रशसा पत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोह दयाराज न्यौपानेको संचालनमा चलेको हो ।





















