दयाराज न्यौपाने
पाल्पा १ कार्तिक – प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा शुभकामना आदान प्रदान तथा चौतारी बुलेटीन चौंथो अङ्कको सार्वजनिकीकरण कार्यक्रम सम्पन भएको छ ।

प्रेस चौतारी पाल्पाले नजिकीदै गरेको बडादशैं, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । त्रैमासिक रुपमा प्रकाशन हुदै आएको चौतारी बुलेटिन विमोचन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले वर्तमान राजनीतिक अवस्था र सञ्चारकर्मीले लोकतन्त्र बचाउन खेल्नुपर्ने भूमिकाका विषयमा उल्लेख गर्नुभयो । उहाँले देशको पक्षमा बोल्ने पार्टी एमाले मात्रै भएको उल्लेख गदै सरकार देशको पक्षमा उभिन नसकेको बताउनु भएको हो । सांसद गैरेले भन्नु भयो सरकार काण्डैकाण्डमा रुमलिएको छ , जनताको समान्य कुरामा समेत ध्यान दिन नसकेको आरोप समेत लगाउनु भएको हो ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीले बिभिन्न समयमा खेलेको भूमिका अहम भएको बताउदै व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा निरन्तर लाग्न प्रेस चौतारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, प्रवक्ता टीका बहादुर थापा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश ईन्चार्ज कमलराज तिमिल्सेना, जिल्ला ईन्चार्ज अमृता अनमोल, गुल्मी ईन्चार्ज मिलन विक, एमाले तानसेन नगर कमिटी अध्यक्ष गुरास आत्रेय लगाएतले प्रेस चौतारीले गरेका गतिबिधिले अन्य संघ संगठनलाई समेत झक्झक्याएको बताउनु भएको छ ।

कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था, एमाले नेतृत्व संग प्रेस चौतारी कार्यक्रममा पालिकाहरुमा गरिएको गतिबीधिको रिर्पोिर्टङ सहित समीक्षा र भावि कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका सचिव नारायण न्यौपानेको सञ्चालन र प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । भने सोही अवसरमा प्रदेश सदस्य माननीय खेमबहादुर सारुले आफ्नो बुवा र ससुराबुवाको सम्झनामा २५ हजार ५ सय २५ रूपैयाँको जंगबहादुर चित्रवीर अक्षयकोषको समेत स्थापना गर्नु भएको छ उहाँले श्रमजीवी पत्रकारहरुको सम्मानका लागि यो अक्षयकोस्थापना गरेको बताउनु भयो ।





















