पूर्व उद्योग मन्त्री तथा नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गर्नु भएको छ । पाण्डेले बुधबार एक कार्यक्रमको आयोजना गरी तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा एक आपसमा शुभकामना आदान–प्रदान गर्नु भएको हो ।

यस अघि नयाँ वर्षको अवसरदेखि शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम बनाउदै आउनुभएका उहाँले चाडपर्वमा पनि निरन्तरता दिनु भएको हो ।उहाँले घर आगनमा आईपुगेको विजया दशमी, शुभ दिपावलीका अवसरमा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई एकै ठाउँमा राखेर एक आपसमा शुभकामना आदान–प्रदान गरेका गर्नु भएको हो । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च ओहोदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि थालेको साहित्यिक यात्रालाई अहिले पनि निरन्तरता दिएका छन् । पाण्डेयले देश तथा विदेशमा रहेका नेपालीहरुलाई कविताबाटै शुभकामना व्यक्त गर्नुभयो । कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधै सकरात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत व्यक्त गर्नुभएको हो । सधै राजनीतिक भाषणमार्फत जनताको आवाज बोल्ने पाण्डेयले आफ्नै रचनामा कवितामार्फत जनताप्रति शुभेच्छा प्रकट गर्नु भएको हो ।

शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरु, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, साहित्यकार,पत्रकार, विद्यार्थी लगायतले एक आपसमा पुष्पगुच्चा लिएर शुभकामना आदान–प्रदान गरेका थिए ।





















