दयाराज न्यौपाने
पाल्पा होमस्टे महासंघ नेपालको चौथो अधिवेशनबाट पाल्पाका पर्यटन व्यवसायी धनिश्वर बस्याल उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँलाइ समितिको विदेश विभाग प्रमुखको समेत जिम्मेवारी प्रदान गरिएको छ ।
चितवनको माडीमा सम्पन अधिबेसनले प्रेमशंकर मर्दनिया को अध्यक्षता ३७ सदस्यीय केन्द्रीय समिति निमार्ण गरेको थियो ।


६८ जिल्लाका ४०० प्रतिनिधिहरुको उपस्थितिमा भव्य रूपमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संघीय वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले घरबास कार्यक्रम नेपालको सन्र्दधमा लोकप्रिय रहेको बताउनु भएको छ । उहाँले पर्यटन व्यवसायबाट रोजगारी सिर्जना हुनेकुरामा आफु बिस्वस्त रहेको बताउनु भएको थियो ।
चौथो अधिबेसनबाट बस्याल सहित पाल्पाकै तानसेन स्थित श्रीनगर होमस्टेकी सुनिता श्रेष्ठ तथा झिरुवास काउलेवनका अभियान्ता पर्यटन प्रवद्धनमा उल्लेखीय भुमिका खेलेका निस्दी गाउँपालिकाका ३ का दमनपाटा मगर होमस्टे महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्वाचीत हुनुभएको हो ।
होमस्टे महासंघ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल हो होमस्टे को १३ वर्षको इतिहासलाई फर्केर हेर्दा होमस्टेको माध्यमबाट ग्रामीण तहमा हाम्रा संस्कृति हरुको संरक्षण गर्दै स्वरोजगार को आधारशिला निर्माण तथा होमस्टेको माध्यमबाट हरेक जिल्लाका ग्रामीण तह सम्म पूर्वाधार विकासको संवाहक को कार्य गरेको उपाध्यक्ष धनिश्वर बस्यालले बताउनु भयो । नेपालमा अहिले करिव १ हजार होमस्टेहरु छन् भने पाल्पामा १४ बटा संचालनमा रहेका छन् । होमस्टे सेवाले रोजगार र स्वरोजगारका माध्यमबाट ग्रामीण भेगको पर्यटन र आयआर्जनलाई टेवा दिएकाले यसको अलग्गै महत्व रहेको होमस्टे व्यवसायिहरु बताउछन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकहरुलाई होमस्टेले आकर्षित गरिरहेको समेत दमन पाटाले बताउनु भयो । एक घर वा पुरै समुदाय मिलेर समाजलाई आर्थिक लाभ हुने हेतुले समेत घरबास संचालन गरिने गरेको बताउनु भयो ।  परम्परागत रुपमा धेरै पहिला देखी नै गरिदै आएको पाइन्छ भने,होमस्टेको अवधारणा नेपाल सरकारले २०६७ सालमा सुरुवात गरेको हो ।
विगतमा नेपालको प्रसिद्ध ट्रेकिङ क्षेत्रका गाउँहरूमा मात्र पर्यटन व्यवसाय बाट ग्रामीण भेगका जनता लाभान्वित थिए, भने होमस्टेको अवधारणाले नेपालका धेरै जिल्लामा पर्यटनको पहुँच पुगेको उपाध्यक्ष वस्यालले बताउनु भयो ।
यसको कारणले देस तथा बिदेशमा नेपालको संस्कृतिको सम्वद्र्धन,संरक्षण तथा प्रचार प्रसार भएको छ ।
पर्यटनको राम्रो सम्भावना भएको पाल्पा सांस्कृतिक हिसावले धनी जिल्लाको रुपमा समेत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0