दयाराज न्यौपाने
पाल्पा कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला स्व. केशवबहादुर बुढाथोकीको केही समय अघि दुर्घटनामा परी असामयिक निधन भएको थियो । स्व केशव बहादुर बुढाथोकी की पत्नी उमा बुढाथोकीलाई सो रकम कार्तिक २ गते बैंकका पाल्पा शाखाका शाखा प्रबन्धक रमेश लामिछानेले बराङ्दी देउरालीमा एक कार्यक्रम बीच हस्तान्तरण गर्नुभएको हो ।
बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रूपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सकिने जनाएको छ । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरूका लागि बिमा सुविधा प्रदान गरिने बैकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















