पाल्पा । रानीमहल नजिक बैकुन्ठे भिरमा भएको कार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसारमृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका अन्दाजी ५५÷६० वर्षीया पार्वती लोहनी, सोही ठाउँका ६५ वर्षीया कृष्णबहादुर लोहनी, ११ वर्षीया सविस लोहनी, ढाई वर्षीया इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लम्जुङ बेशीशहर नगगरपालिका २ की ५५ वर्षीया चुना धितालको को घटनास्थलमा नै ज्यान गएको हो । दुर्घटनामा चालक नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहर बस्ने ३६ वर्षिय इश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ । कारमा चालक सहित ७ जना सवार थिए ।
आइतबार साँझ४ बजे पाल्पाको तानसेन नगरपालिका–१३ बैकुन्ठेभिरस्थित तानसेन रानिमहल पक्कि सडक खण्डमा रानिमहलबाट तानसेन तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको कार सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रउ हेरम्ब शर्माको कमाण्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली र स्थानीय समेतको सहयोगमा घटनास्थलमा उद्धारकार्य भएको थियो ।
प्रहरी निरीक्षक सन्तोष चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।





















