विष्णुप्रसाद घिमिरे
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के) गुप्ताले प्रदेश सरकारको ध्यान शिक्षा र रोजगारीमा केन्द्रित रहेको बताउनुभएको छ ।

मन्त्री गुप्ताले शिक्षा क्षेत्रलाई आमूल परिवर्तन गरी रोजगारी सृजना गर्नेमा सामाजिक विकास मन्त्रालय केन्द्रित रहेको उल्लेख गर्नुभयो । पाल्पाको बगनासकाली गाउँपालिका ९ चापपानीमा रहेको चन्द्र माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै मन्त्री गुप्ताले ग्रामिण क्षेत्रहरुमा प्राविधिक धारका कक्षाहरु संचालनले पनि दक्ष जनशक्ति उत्पादन भएको बताउनुभएको हो । चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर रासकोटीले बिद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २००८ सालमा स्थापना भएको विद्यालयले कक्षा ९ देखी १२ सम्म सिभिल ईन्जिनियरिङ्गको कक्षा संचालन गर्दै आएको बताउनु भयो । उहाँले २ करोड २५ लाख ९६ हजार,३ सय ७५ रुपैया बराबरको आय, व्यय विवरण प्रस्तुत गर्नुभयो ।


वार्षिकोत्सव तथा अभिभावक दिवसमा लुम्बिनी प्रदेश सभासद तथा पूर्व मन्त्री वीरवहादुर रानाले शिक्षा क्षेत्रको परिर्वतनका लागि नीतिगत व्यवस्थामा लागेको उल्लेख गर्दै, लुम्बिनी प्रदेशले यो क्षेत्रको शैक्षिक स्तर उकास्न विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गरेको बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकाली शिक्षाको हव भएको उल्लेख गर्दै, यहाँको शिक्षाको अवस्था सुधारका लागि वजेट बृद्धी गरिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका पूर्व अध्यक्ष तथा विद्यालय निर्माणका अभियन्ता कृष्ण प्रसाद बस्यालले चापपानीमा संचालन भएको प्राविधिक शिक्षाले यो क्षेत्रका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई फाईदा पुगेको उल्लेख गर्दै, चन्द्र माध्यमिक विद्यालय दक्ष जनशक्ति उत्पादनमा लागेकोमा खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव हरि प्रसाद बस्याल, शिक्षा समन्वय ईकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक भट्टराई, बगनासकाली ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिना , बगनासकाली ८ का वडा अध्यक्ष मोतीलाल बस्याल , सीता मा.विका प्र.अ तेजराज पाण्डे, । शिक्षक यादब बस्याल, विद्यार्थी अस्मिता बि.क अभिषेक मल्ल लगायतले वोल्दै यो क्षेत्रका अभिभावकहरुको माग र चाहना बमोजिम विद्यालयले कक्षा संचालन गरेकोमा धन्यवाद दिदै विद्यालयको प्रगतीको शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरुद्धारा निर्मित नमुना बस्ती, भूकम्प प्रतिरोधी घर, भवन निर्माण, पुल तथा जलविद्युत परियोजना लगायतको नमुना प्रर्दशनी सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के) गुप्ता लगायतका अतिथिहरुले अवलोकन गरेका थिए । सोहि अवसरमा विद्यार्थीहरुले पि.टी तथा विभिन्न सास्कृतीक कार्यक्रमहरुको प्रहसन समेत गरेका थिए । सोही अवसरमा दुई कोठे भवनको उद्घाटन समेत गरिएको थियो । ,भने विद्यालयलाई सहयोग गरेका बिभिन्न व्यक्तित्वहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला अर्यालले प्राविधिक तथा अन्य धार तर्फको अध्ययन अध्यापनलाई नमुना बनाउदै यो क्षेत्रको शैक्षिक हवको रुपमा विद्यालयलाई अगाडी बढाउने योजना राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0