दयाराज न्यौपाने
कार्तिक १४ पाल्पा जिल्लामा सोमवार फेला पारेको दुई लाख १४ हजार ५ सय रुपैयाँ प्रहरी र जन प्रतिनिधि मार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्त्रण गरिएको छ ।

जिल्लाको माथागढी गाउँपालिका ३ कसेनी सराई घर भएकी २२ वर्षीया दिलमाया घर्ती मगर सोमवार दिउसो पोखरा देखि बुटबल तर्फ जादै गरेको बसमा यात्रा गर्दा झोला साटफेर भएको थियो । बसबाट झर्ने क्रममा झोला साटिएछ घरमा पुगेर खोलेर हेर्दा दुई लाख १४ हजार ५ सय रुयैयाँ रहेछ । मैले तत्काल वडाअध्यक्षलाई खबर गरे उहाँले प्रहरीलाई खवर गर्नु भयो । आज रकम हस्तान्त्रण गर्ने पाउदा निकै खुसी लागेको छ । उहाँले भन्नु भयो ‘ रातभर निद्रा लागेको थिएन् । रकम बुझाउन पाउदा आन्नद आएको छ ।’ घर्तीले भन्नुभयो ।
माथागढी ३ का वडाअध्यक्ष तेजबहादुर घर्तीले भन्नु भयो रकम फेला पारेको खबर पाए र समाजिक सञ्जालमा राखे अहिले सम्बन्धित ब्यक्तिलाइ रकम हस्तान्त्रण गर्ने पाउदा खुसी लागेको र इमान्दारपूर्वक सुचना दिएर इमान जीत गराएको उहाँको भनाइ छ ।
रकम हराएको करिब २४ घण्टापछि सम्पर्कमा आएका पर्वत माहाशिला गा.पा. ४ पाख्रीबोट डाडाघरका ३२ वर्षीया टीपक परियारलाइ उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार रकम हराउने दीपक घरायसी कामका शिलशिलामा बुटवल हिडेँका थिए । उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फेला पार्ने ब्यक्ति,वडाध्यक्षको रोहवरमा हराएको रकम हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनु भयो ।रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दिलमाया घर्ति मगरलाई प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । झोला सहित रकम फेला पारेको सूचना समाजिक सञ्जाल मार्फत माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीलेराख्नु भएको थियो ।
।





















