दयाराज न्यौपाने
कार्तिक १४
पाल्पा बगनासकाली ७ खानीगाँउले सामुदायिक विधालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र शिक्षकहरुको शिक्षण सिकाईमा प्रभावकारी बनाउने उद्देश्ययले आफ्नो क्षेत्रका विधालयमा तिनदिने शैक्षिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले समग्र शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाल नीतिगत रूपमै अघिबढेको बताउनु भएको छ । उहाँले वडाले थालेको काम प्रशंसनीय रहेको बताउदै पालिकाले गुणस्तरीय शिक्षा बनाउन निरन्तर लागि परेको बताउनु भएको हो । गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले विधार्थीको पढाई प्रतिको रुची र शिक्षकहरुमा शिक्षण पेशाप्रतिको जागरुकता तथा अभिभावकहरुमा विधार्थी र विधालयको शैक्षिक गुणस्तरमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिकालाई खेल्ने बताउनु भएको छ ।उहाँले गाउँपालिका शिक्षा क्षेत्रको विकासमा निरन्तर लागेको बताउदै सबैको सहयोगले गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिने बताउनु भएको छ ।
अभिमुखीकरण कार्यक्रममा कार्यक्रमको सान्दर्भिकताका बारेमा वडाध्यक्ष गणबहादुर बुढाथोकीले बताउदै विधालय र विधार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्नमा विधार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिकाहुने र विधालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सहयोगपुर्याउने उद्देश्यले विधालयमा शैक्षिक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण गदै शिक्षा विद् बालकृष्ण गैरे कुनै ब्यक्ति जन्मिदै ठूलो र सानो वा उच्च र निच भएर जन्म नहुने भएको हुदा व्यक्तिको जन्म भएपछि उसको पारिवारिक तथा छिमेकमा हुने वातावरणले बिस्तारै उसको पहिचान निर्धारण हुने बताउनु भएको छ । काचो माटोको कुन रुपमा र कसरी निमार्ण गर्ने भन्ने बताउदै प्रशिक्षक गैरेले विधार्थी पनि आकार विहीन हुने भएकोले दक्ष र सृजनशील शिक्षकको निर्देशन, सिकाइ र प्रशिक्षणमा रह्यो भने देश र जनताको पक्षमा सहि आकार सहित काम गर्ने असल नेतृत्व उत्पादन हुने भएकोले सही समयमा सही मार्ग निर्देशन दिनुपर्नेबताउनुभएको छ ।


कतिपय शिक्षकहरु आफैसंग भएको क्षमता चिन्न नसक्दा पाठ्यक्रम अभावको नाममा शिक्षण सिकाई प्रभावकारी बनाउन नसकिरहेको भन्दै अरुलाई दोष देखाउने गरेको उदाहरण प्रस्तुत गर्नु भएको थियो डिजिटलको समयमा रातदिन साथ मै रहने प्रबिधिको भरपुर उपयोग गरि विधालयमा शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने कुरा बताउनु भएको छ ।
बगनासकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले विधार्थीहरुमा पढाई प्रति रुची र शैक्षिक गुणस्तरमा विधार्थीहरु र शिक्षक तथा अभिभावकहरुको भुमिकालाई सरलीकरण गर्न उक्त अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभएको छ ।


खानीगाउँका ३ बटा विधालयका शिक्षक,अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको र कार्यक्रम प्रभावकारी बनेको खानीगाउँ माध्यमीक विद्यालयकी प्रधानाध्यापक कल्पना भुसालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0