तानसेन – पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने रम्भा गाउँपालिका ३, सेरामा ग १ ज १९७० नम्बरको ट्याक्सी ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गइ दुर्घटना भएको हो ।
दुर्घटना परी तीन जना गम्भीरसहित पाँच जना घाइते भएका हुन् ।घाइते हुनेमा पोखरा उपमहानगरपालिका १५ का ३८ वर्षीय सुरेश गुरूङ्, सोही स्थानका ७४ वर्षीय धनबहादुर गुरूङ्, सोही स्थानकै ७० वर्षीया गंगा गुरूङ्, ४० वर्षीय विनोद गुरूङ् र बुटवल उपमहानगरपालिका १० बस्ने ७२ वर्षीय भीमबहादुर गुरूङ् रहेका छन् । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0