दयाराज न्यौपाने
पाल्पा कार्तिक २१- बगनासकाली गाउँपालिकाले वडागत रूपमा संचालन हुने योजनाहरुको सम्झौंता को काम सम्पन गरेको छ । आर्थिक वर्ष २०८०-०८१ को लागि विनियोजित बजेट अनुसारकोे योजना सम्झौंता सहित योजनाहरुको बैंक खाता खोल्न काम समेत सम्पन गरेको हो । बगनासकाली गाउँपालिकाले जनतालाई सुबिधा होस् भन्ने धेयले काम गरेको गाउँपालका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । उहाँले गाउँपालिमा आउने जाने क्रममा जनताको खर्चमा समेत कमी आओस् भन्ने उद्देश्य र काममा एक रूपता ल्याउन सम्झौता किताव तयार गरि काम अघि बढाएको उहाँले बताउनुभयो । गाउँपालिकाको गौरवको योजनालाई बिशेष ध्यानमा राखी कार्तिक मसान्त देखी उक्त योजनाको सुरुवात हुने समेत बताउनु भएको छ ।


गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकका अनुसार वडा नं. १ चितुङ्गधाराबाट सुरु गरि अन्तिम दिन वडा नं ७ खानीगाउँमा सम्पन गर्ने कार्यक्रम अनुसार मगंलवार ९ वटै वडामा योजना सम्झौंता गर्ने र बैंक खाता खोल्ने काम सम्पन भएको उहाँले बताउनुभयो । बगनासकालीले पालिका भित्र सञ्चालन हुने वडा स्तरीय तथा पालिका स्तरीय योजनाको उपभोक्ता समिति गठन तथा योजनाहरुको लागि सम्झौंता सहितको कामहरु गरेको उहाँले बताउनुभयो ।

पालिकाले चैत्र महिना भित्रै योजनाहरुको काम सक्ने गरेर तयारीको साथ कार्यक्रमहरु संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो । उहाँले २ सय १५ वटा वडा गत योजना समझौता भएको र नदी जन्यको समेत काम सम्पन भएको र पालिकाको गौरवको योजना सहित ७ बटा योजनाको काम समेत ठेक्कापट्टामार्फत काम भएको बताउनुभएको छ ।


वडाहरुमा योजना सम्झौता निकै उत्साहका साथ सम्पन भएको बगनासकाली गाउँपालिका ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले बताउनु भयो । केही समय अघि सम्म पालिका जाने अनि बैंकमा लाइन बसेर काम गर्ने पर्ने बाध्यताको अन्त्य भएको बगनासकाली गाउँपालिका —८, मोतिगैरा मोटरबाटो स्तरोन्न्ति उपभोक्ता समितिका अध्यक्ष पुशपति बस्यालले बताउनुभयो । उहाँले भन्नु भयो यो वर्ष निकै सजिलो भयो वडाबाटै सम्पूर्ण काम गर्ने पाउँदा निकै उत्साहित भएको बताउनुहुन्छ । जनतालाई दिने सहयोग भने कै यिनै हुन् । यस्तो कामलाई निरन्तरता दिनुपर्ने समेत उहाँको भनाइथियो ।


बगनासकाली गाउँपालिकाका योजना शाखाका प्रमुख भरतराज घिमिरेका अनुसार योजना सम्झौता एकरुपताका साथ काम सम्पन भएको र निमार्णका चरणमा यस्ले राम्रो गतिलिने बताउदै कर्मचारीलाई समेत उत्साहित बनाएको बताउनु भएको छ ।


योजना सम्झौता र बैंकको खाताखोल्ने कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, योजना शाखा अधिकृत ,कर्मचारी सहित उपभोक्ता समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0