होम राई मगर
पाल्पा – २३ कार्तिक मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।


कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घघाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद श्रेष्ठले खेलकुदले व्यक्तिगतका साथै सामाजिक बिकासमा टेवा पु¥याउन सहयोग पुगेको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन सफल रहेको बताउनु हुँदै प्रतियोगिता अनुशासित र मैत्रीपूर्ण रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पूर्वखाला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले खेलकुदको बिकासका लागि गाउँपालिका सदैब तत्पर रहेको बताउनुभयो त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले खेलकुदले मनोरञ्जन मात्रै हैन, स्वच्छ प्रतिस्पर्धा गर्न सन्देश समेत दिएको बताउनुभयो ।


प्रतियोगिताको पहिलो दिनको आयोजक मण्डली स्पोर्ट्स क्लब र श्रीनगर भलिबल क्लब बिच भएको खेलमा आयोजक श्री मण्डली स्पोर्टस् क्लबले सोझो सेटमा जित हाँसिल गरेको छ । सिलुवाको हटिया बजारमा रहेको खेलमैदानमा सन्चालन हुने प्रतियोगितामा आयोजक सहित जम्मा १० टोली सहभागी रहने क्लब अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगितामा बिजेता टोलीले ट्रफी सहित नगद १ लाख १२ हजार २३३ र उपबिजेताले नगद ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने क्लबका सचिव कृष्ण पंगेनीले जानकारी दिनुभएको छ । त्यसैगरी तृतीय हुने टोलीले ट्रफी सहित नगद ५१ हजार १११ रुपैयाँ र सान्त्वना हुने टोलीले नगद २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतियोगिताको अन्तिम दिन कार्तिक २५ गते राष्ट्रिय कलाकारहरु बद्री पंगेनी , प्रिति आलेका साथै स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0