दयाराज न्यौपाने
पाल्पा -२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बगनासकाली गाउँपालिकामा १९ गते बुधबार एक कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस लेखिएको कप प्रदान गरिएको थियो ।

कार्यक्रम बारे जानकारी गराउँदै बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले महिला स्वास्थ्य स्वयंसेविका कारण गाउँघरमा धेरै सहज भएको बताउनु भयो । उहाँका अनुसार गाउँपालिका ९ बटा वडा भित्रका ७७ जना महिला स्वयंसेविका रहेको जानकारी गराउनु भएको थियो । उहाँहरुको काम गर्ने कार्यशैली निकै राम्रो रहेको समेत बताउनु भएको थियो । ६० बर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वैच्छिक अवकाशको वेलामा दिने २० हजार बाट प्रदेश सरकारले ५० हजार प्रदान गर्ने दिने निर्णय समेत भएको जानकारी गराउनु भएको थियो ।


बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिलाहरुको सहभागिता राम्रो रहेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले गाउँठाउँमा बेग्लै पहिचान बनाउन सफल हुनुभएकोमा बधाई समेत व्यक्त गदै आगामी दिनमा थप हौसलाका साथ काममा लाग्न आग्रह समेत गर्नु भएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकहरको लगनशिलताले स्थानीय स्तरमा स्वास्थ्य सेवामा राम्रो प्रभाव रहेको कुरा उल्लेख गदै पालिकाले योगदानको उचित कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । स्वास्थ्य स्वयंसेविकाको तर्फबाट बोल्दै वडा नं २ पोखराथोककी कमला रेग्मीले आफूहरुले गरेका काम र भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराउनु भउको थियो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले स्वयंसेविकाहरुले उठाएको सहि आवाजलाइ सुनुवाइ गर्ने बताउनु भएको छ । । उहाँले भन्नुभयो हाल रहेको सेवा सुबिधामा पुनर्बिचार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले कामको सहि मुल्याङकन गदै आगामी दिनमा सेवा सुविधा बढाउन नीतिगत रुपमै लाग्ने बताउनु भएको थियो ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले महिला स्वयंसेविकाहरुले गरेको कामको प्रशंसा गर्नुभउको थियो ।पाल्पाका अन्य पालिकाहरुमा समेत महिला स्वयंसेविका दिवस मनाइएको छ । ज्येष्ठ स्वास्थ्य स्वयंसेविका बिस्णु माया सिंजाली को अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0