पाल्पा- सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना कार्यान्वयन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम बगनासकालीमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै फोकलप्रशन नारायण तिमिल्सिनाले बिपत लगाएतका कारण भएको क्षेतीलाई मापन,आकलन गर्दै द्रुत गतिमा लैजाने बताउनु भएको छ । उहाँले विद्यार्थीहरुको सिकाइ अवस्था पहिचान, सिकाइ स्तर अनुसारको सिकाइ रणनीति निर्धारण तथा प्रयोगको आधारमा कार्यक्रम संचालन गरिने बताउनु भयो ।

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिका भित्रमा भएको स्थानीय जनशक्तिको प्रयोग मार्फत काम भएको उल्लेख गर्दै शिक्षालाई विभिन्न कारणले पारेको असरलाइ कार्यान्वयन गर्ने पहल गरेको र यस्ले काम सहज बनाउने बिश्वास व्यक्त गर्नु भयो । शिक्षाको गुणस्तरीय वास्तविक अवस्था कस्तो छ र आगामी दिनमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरालाइ ध्यानमा राखेर पालिकाले कार्यक्रम निर्माण गर्ने र ३ देखि ८ सम्म परिक्षा लिने अगुवाइ गरेको छ ।

शिक्षा शाखा प्रमुख गुनाराम खनालले नतिजा बिश्लेषण आधारमा समूहिकृत गर्ने कार्ययोजना अनुसार काम गरिने बताउनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले शिक्षालाई गुणस्तरीय बनाउन कार्यान्वयन सुरु गरेको बताउनु भएको छ । विधार्थीको अवस्था पत्ता लगाउन सहज हुने र सो अनुसार काम गरीने समेत उहाँले बताउनु भयो ।
४० प्रतिशत अङ्ग आउने अवस्थालाई ७०प्रतिशत आउने अवस्था आउने वातावरण बनाउन सकिने बनाउन पहल गरेको बताउदै देखाउटी परिक्षाको तुलनामा वास्तविक पहिचान गराउने,मापन र समस्या पहिचान गराउने र सोको आधारमा कार्यान्वयन गरीने बताइएको छ ।
अभिमुखिकरण कार्यक्रममा गाउँ कार्यपालिकासदस्यहरु ,गाउँ शिक्षा समितिसदस्यहरु ,प्रअ तथा शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रशिक्षक नारायण तिमिल्सिनाले गर्नु भएको थियो ।





















