दयाराज न्यौपाने
पाल्पा पुष १३- पाल्पाको पूर्वखोला गाउँँपालिकालाई गोर्खा वेल्फेयर ट्रष्टले झन्डै ७ लाख रुपैयाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्धारमा काम लाग्ने विपद् सामग्री दिइएको छ । पाल्पाको पूर्वखोलामा एक कार्यक्रममा आयोजना गरी उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

ट्रस्टले विपद्का बेला काम लाग्ने आगो नियन्त्रण गर्न आवश्यक सेफ्टि उपकरण, फायर फाइटिङ्ग सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङ्गरिसर्ट, फायर बल ,माईक,रेनकोट,हेडलाईट सहित उद्दारमा आवश्यक पर्ने ६२ प्रकारका सामग्रीहरु उपलब्ध गराइएको हो ।


खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरु प्रदान गरेको गोर्खा वेल्फेयर ट्रष्टका ईन्जिनियरिङ विभाग पोखराका विभागीय प्रमुख दानबहादुर जिरेलले बताउनु भयो । बेलायती सहयोग नियोगको सहयोगमा खानेपानीको क्षेत्रमा लामो समय देखी काम गर्दै आएको र पछिल्लो समय विपद्को क्षेत्रमा समेत काम गरेको बताउदै पूर्वखोला सहित नेपालका ५ वटा स्थानीय तहमा सामाग्री हस्तान्तरण गरेको जानकारी दिनु भयो ।


गोर्खा वेल्फेयर ट्रष्टका विपद् संयोजन सुमेरु त्रिपाठीले जोखिम आकलन गर्ने तालिम प्रदान,तथ्याङ्क संकलनअनुसार काम हुँदै आएको बताउनु भयो। उहाँले विपद् व्यवस्थापन ऐन २०७४ मा उल्लेख गरेको अनुसार पूर्वखोलाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई आवस्यक सामाग्री वितरण गरिएको बताउनु भयो । केन्द्रमा भएका विपद व्यवस्थापन सामग्रीहरूको लेखाजोखा राखी तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको थियो ।


विपत्ति आउँछ तर सूचना दिएर आउदैन पुर्व तयारी गर्नु पर्ने हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गदै आपतकालीन कार्य सञ्चालन केन्दका लागि गोर्खा वेल्फेयर ट्रष्ट सँग सहयोग माग गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनु भयो ।  विपद्का बेला खरिद गर्दा समेत आवश्यक सामग्री नपाउने अवस्थामा ट्रष्टले आगो नियन्त्रण र खोज तथा उद्दारका सामग्री उपलब्ध गराउनु सरहानीय कार्य भएको बताउनु भयो ।


पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्टले ट्रस्टले उपलब्ध गराएको सामग्रीले नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपदको् पूर्वतयारी एवं प्रतिकार्य लाई व्यवस्थित प्रभावकारी बनाउन लागि परेको जानकारी दिनुभयो । वडाध्यक्षहरु,नेपाल प्रहरीलगाएतको रोहबरमा सामाग्ी वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0