दयाराज न्यौपाने
पाल्पा पुष १८ — राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुर र बगनासकाली गाउँपालिका पाल्पाको साझेदारीमा पुष ११ गतेदेखि १७ गते सम्म सञ्चालित सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । समापन समारोहमा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले गुणस्तरीय शिक्षा,उद्यशीलता,समाजाजिकसुरक्षा र स्वास्थ्य,सिप विकास र रोजगारी र खेलकुद,मनोरञ्जन सहितको ५वटा पिल्लर र २ धार अन्तर्गत युवा उधमशिलता र नेतृत्व क्षमतासहित नमुना संसदीय अभ्यासको काम गरेको बताउनु भएको छ ।

उहाँले आगामी दिनमा ५ जनाको समूहलाई पालिकाको सिफारिसमा ५–५ लाख रुपैयाँ प्रदान गर्ने योजना बनाएको बताउदै घुम्ती कोषको रुपमा विकास गरेको समेत बताउनु भएको थियो ।

तालिमको सदुपयोग गर्ने सके नेपाल मै पनि केही गर्ने सकिने उहाँको भनाई थियो । यस आर्थिक वर्षमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम नेपालका २४ वटा पालिकामा मात्र सञ्चालन गरिने कार्यतालिका रहेको उहाँको भनाइ थियो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकालीमा रहेका युवा पालिकाको गहना रहेको बताउदै युवाहरुलाई सीपको माध्यमबाट सिर्जनशील एवं व्यवसायिक क्षमताको विकास गराउने बताउनु भएको छ । उहाँले लक्षित वर्गलाई ध्यानमा राखेर होजेरी,नाउ तालिम,दुनाटपरी तालिम समेत संचालन गरी व्यवसाय समेत संचालन भएको बताउनु भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले व्यवसाय सुरु गरेर सफल हुने कुरा संगै कमाउनु भन्दा पनि कमाएको चिज चिन्ने कुरा नै महत्वपूर्ण रहेको उहाँको भनाई थियो । विना योजना गरिएका काम सफल नहुने उहाँको भनाइ थियो । गाउँपालिकाले कोसेली घर बनाउने योजना रहेको बताउनु भएको छ । गाउँपालिकाको सिफारीसमा सहुलीयतपर्ण कर्जाकोलागि परिषद्,गाउँपालिका र नेपाल बैङ्क बिच त्रिपक्षीय समझौता भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषद् भक्तपुरका तालिम शाखा प्रमुख कर्णबहादुर कंवरले योजनामा हिड्ने बाटो देखाउने काम गरेको बताउनु भएको छ । उहाँले बगनासकालीको उत्पादन जिल्ला देश हुदै बिदेशमा निर्यात हुने अवस्था सिर्जना हुने बिस्वास लिएको बताउनु भयो । युवा परिषद्का पाल्पा संयोजक तुलबहादुर अधिकारीले परिषद्को पाल्पामा यो वर्षको पहिलो कार्यक्रम समेत भएको बताउनु छ । उहाँले प्रमाणपत्र लिने र फेरि अर्को तर्फ लाग्ने नहोस् । रुचि र क्षमता लाई बोध गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । सहभागी कल्पना विकले भन्नु भयो काम त गरेका थियौ तर सहित तरिकाले जानेका रैहेनछौ सीपलाई व्यवसायमा जोड्ने प्रतिवद्धता समे व्यक्त गनुभएको थियो ।
लद्यु उद्यम शाखाका फोकल पर्सन प्रेमबहादुर बगाले लद्यु उद्यम अन्तर्गत ६ चरण सम्म तालिम सञ्चालन हुने बताउदै त्यस प्रश्तात उत्पादन र प्याकेजीङको चरणमा जाने बताउनुभयो । समारोहमा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सेना,प्रमुख प्रशिक्षक बालकृष्ण गैरे,उद्यम सहजकर्ता,शर्मिला बिक लगाएतले मन्तव्य राख्नु भएको थियो ।


१६ वर्ष देखी ४० वर्र्ष सम्मका ३९ जना युवा सहभागी रहेको तालिमको सहजीकरण शिक्षा विद् बालकृष्ण गैरे र तुल्सीराम न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0