दयाराज न्यौपाने
पाल्पा २२ पुष —बगनासकाली गाउँपालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । खानेपानीका गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन भएको हो । आइतबार बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले एक कार्यक्रमका बीच प्रयोगशालाको उद्दघाटन गर्नुभएको हो ।


पालिका भित्र रहेका मूल र प्रयोग हँुदै आएका मुहानहरुको परीक्षण सञ्चालन गर्नेगरी प्रयोगशाला स्थापना गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । उहाँले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्ने, पिउने पानीको स्वच्छताका लागि प्रयोगशाला सार्थक हुने बताउनु भयो । ल्यावमा पानी परीक्षण गरिसकेकापछि आवश्यक अनुसार स्वास्थ्य पानीका लागि उपचार विधि समेत अपनाइने उहाँले बताउनु भयो ।


प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जनताको स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर प्रयोगशाला स्थापना गरेको बताउनुभयो । जनतालाई मुहान देखी मुख सम्म नै पानीको शुद्धता बनाउने अभियानमा लागेको उहाँको भनाई थियो । पानी कै कारण धेरै रोगलाग्नेगरेको उल्लेख गदै लामो प्रयासपछी खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना भएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो । बगनासकाली गाउँपालिकाले यस अघि स्थापना गरेको सिभिल ल्यावमा नियमीत र प्रभावकारी रुपमा काम भएको समेत जानकारी दिनुभयो ।


उहाँले प्रयोगशाला सञ्चालन भएपछि पानीको शुद्धताका लागि सहजहुने बताउनु भयो । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य शाखा प्रमुख मणिराम  अधिकारीले पानीमा धमिलोपना, केमिकलजन्य पदार्थ मात्रा कति छ, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिन छ वा छैन नियमीत परीक्षण हुने उहाँले बताउनु भयो ।

स्वास्थ्य शाखा सहायक नोदप्रसाद बस्यालले जनताको स्वस्थ्यको लागि पानी महत्वपूर्ण रहेको बताउदै प्रयोगशालाकाको अधिकतम प्रयोग गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नु भयो । परीक्षण गर्न बाहिर पठाउनुपर्ने अवस्था रहेकोमा अब पालिकाको आफ्नै प्रयोगशाला सञ्चालन भएसंगै सहज हुने भएको हो ।

उद्दघाटन समारोहमा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पत्रकार,कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2