दयाराज न्यौपाने
पाल्पा पुस २४— बगनासकाली गाउँपालिकामा पालिका स्तरिय पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बगनासकाली गाउँपालिका वडा नं. १ को चिलाङ्दी खेलमैदानमा यही माघ १० गते देखि १२ गते सम्म पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुने भएको हो । गाउँपालिकाले आर्थिक वर्ष ०८०-०८१ को कार्यक्रम अनुसार कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षभन्दा कम उमेरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागि हुन सुचित गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो ।
गाउँपालिकाले खेल विधा तर्फ छात्र छात्रा दुवैको भलिबल तथा कपर्दी, मार्सल आर्ट तर्फ छात्र छात्रा दुवैको विभिन्न तौल समुहमा कराँते, छात्र छात्रा दुवैको विभिन्न तौल समुहमा तेक्वान्दो, एथलेटिक्स ट्रयाक तर्फ छात्र छात्रा दुवैको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर दौड रहेको जनाएको छ । त्यस्तै रिले दौड छात्र छात्रा दुवैको ४×१०० मि. रिले ४ ×४०० मिटर रहेको छ । एथ्लेटिक्स तर्फ कै उफ्रने र फ्याँक्ने फिल्डतर्फ छात्रछात्रा दुवैको हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट विधा रहेको शिक्षा शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।
गाउँपालिका शिक्षा शाखाले सहभागि खेलाडीहरु अनिवार्य रुपमा जर्सीमा उपस्थित हुनुपर्ने,खेलाडीहरुको नामावली जन्मदर्ता प्रमाणपत्र सहित २०८० माघ ८ गते भित्र शिक्षा शाखामा पठाउनुपर्ने, खेलाडी विद्यार्थीहरुले एक फिल्ड दुइ ट्रयाक वा दुइ फिल्ड एक ट्रयाक इभेण्टमा भाग लिन पाउने, प्रत्येक इभेण्टमा एक-एक टिम वा एक-एक खेलाडी हुन पाउने जनाएको छ । भने तेक्वान्दो तर्फ सिधै जिल्लामा सहभागी गराउने जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले खेल क्षेत्रको विकासका लागि पालिका सदैव लागि परेको बताउदै खेलकुद तर्फ विधार्थीहरुलाइ प्रोत्साहन गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्य सहित गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिका स्तरिय प्रतियोगितामा व्यवस्थित बनाउन माध्यमिक विधालयका प्रधानाध्यापहरु सहित वैठक सम्पन्न गरेको समेत बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1