दयाराज न्यौपाने
पाल्पा, २५ पुष – पाल्पाको बगनासकाली गाउँपालिका ७,८ र ९ मा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई लौरो वितरण गरिएको छ ।


बगनासकाली २ पोखराथोक छतीवन निवासी समाजसेवी पदम रानाले वडा नम्बर ७,८ र ९ उक्त लौरो वितरण गर्नु भएको हो । वडा नम्बर ७ मा १ सय ५५, वडा नम्बर ८ मा १ सय र वडा नम्बर ९ मा १ सय १५ गरि ३ सय ७० जना ज्येष्ठ नागरिक, अपाङ्गता तथा भएका व्यक्तिलाई लौरो वितरण गरेको अभियानका अभियान्ता तथा सल्लाहकार डेन्जीङ रायमाझीले जानकारी दिनुभयो । समाजसेवी रानाले जन्म भुमि नेपालका बिभिन्न ठाउँमा सामाजिक कार्यमा अग्रसर हुनु भएको छ ।


लौरो वितरण गदै आभियान्ता पदम रानाले ‘लौरोको साहारा लिएर हिडडुल गर्नुपर्ने अबस्थामा रहेका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको पहिचान गरि लौरो वितरण गरेका छौ, उहाँले भन्नुभयो, ‘बुढेसकालको साहारा लौरो पाएपछि ज्येष्ठ नागरिक समेत खुसी हुनुभएको छ । अग्रजहरूको आशिर्वाद र सानाको माया र सद्भावले गर्दा आज सफल भएको छु । मेरो समय र क्षमता भ्याउदा सम्म यहाँको सामाजिक कार्यमा निरन्तर लागि रहनेछु,उहाँले बताउनुभयो ।

आफु सानो छदा नै बुवाको देहावसान भएको बताउदै बुवाको सहारा नपाए पनि अहिले सम्पूर्ण आमा बुवाहरुको माया पाएको छु । उहाँले भन्नु भयो । यहीँ माया र साथले सामाजिक कार्यलाई निरन्तर अगाडि बढाउदै आएको बताउनुभयो ।


बगनासकाली ९ चापपानीका ७३ वर्षीया लक्ष्मणप्रसाद घिमिरेले भन्नु भयो राना परिवाले गरेको सहयोग मानवीय सहयोग उच्चकोटीको रहेको उल्लेख गर्नुभएको छ ।


लौरो वितरण कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाले गर्नु पर्ने काममा पदम रानाले आफ्नो प्रयासमा बिभिन्न कार्यमा सहयोग गरेको उल्लेख गदै धन हुने संग मन र मन हुने संग धन हुदैन् भन्ने कथन सुनेको तर पदम राना धन र मन दुवै भएको पाइएको उल्लेख गदै यो बगनासकालीका लागि अत्यान्तै सुखद भएको बताउनु भयो ।

लौरौ वितरण कार्यक्रममा समाजसेवी मोहन थापा मगरले पदम रानाले गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नु भएको छ ।कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठककले समाजिक काम अत्यान्तै महत्वपूर्ण रहेको उल्लेख गदै पदम रानाले समाजमा सकारात्मक उर्जा थपेको बताउनु भएको छ ।

बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं अभियान्ता टीकाबहादुर थापाले आवस्यक पर्ने सवैलाई बगनासकालीक सम्पूर्ण वडामा पुगि बितरण गर्न प्रयास गरेको उल्ल्ेख गदै पालिकाका ९ बटै वडामा २७ गते सम्म बिवतरण गर्ने कार्य तालिका रहेको जानकारी दिनु भयो । लौरो संगसगै ज्येष्ठ नागरिकहरुलार्ई चिया,बिस्कुट र वडा कार्यालय सम्म आउने यातायातको समेत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।


२०२३ अप्रिल १५ तारिका दिन युएईमा झन्डै ७२ करोडको चिठ्ठा प्राप्त गरेका राना र उहाँकी श्रीमती डिला राना सहित राना परिवाले मातृभूमि, प्रतिको मायालाई आत्मसाथ गरि लोरौ वितरण, विद्यालयहरूको शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवं शैक्षिक सामाग्री,झोला वितरण,खानेपानीको मुल संरक्षण लगायतकाकामलाई तिव्रता दिनु भएको छ ।

चिठ्ठा पर्नु अघि देखी नै रानाले लौरा वितरण सहित सामाजिक कार्य गदै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0