कपिलबस्तु
क्वेष्ट नेपाल ले आगामी कार्तिक २४ देखी २६ गतेसम्म काठमाडौंमा सम्पन्न गर्न गईरहेका १८ औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा कपिलबस्तुको लुम्बिनी हबद्धारा आयोजित नवौ हब सम्मेलन यही असोज ४ र ५ गते भु पू सैनिक स्कूल बाणगंगा ८ ,कपिलवस्तुमा आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुले समुद्घाटन गर्नुभयो ।

दोश्रो विश्वयुद्धपछि थिलो थिलो परेको जापानलाई पुनर्जीवन दिन संसार भरका बिषेशज्ञहरु भित्र्याएर बृहत छलफल मन्थन गरी क्वालिटी कन्ट्रोल सर्कलको को माध्यमबाट जापानका उद्योगहरुबाट गूणस्तरीय वस्तुहरुको उत्पादन र विश्व बजारमा निर्यातको माध्ययमबाट जापान अहिलेको अवस्थामा आउन सम्भब भएको मन्त्री सारुले बताउनुभयो । क्वालिटी कन्टेल सर्कल बिधीलाई भारतको लखनउमा जगदिश गान्धीद्वारा स्थापित सत्तरी हजार बिद्यार्थी अध्ययनरत रहेको सिटी मन्टेश्वरी स्कूलमा यो अवधारण लागु गरे भने नेपालमा प्राध्यापक दिनेश चापागाईले गोदावरी मार्बल र भृकुटी कागज फ्याक्ट्रीमा लागु गरेका थिए । पछि दीर्घकालिन प्रभाव र प्रतिफल ल्याउनका लागि उद्योग र प्रौढहरुमा भन्दा विद्यार्थीहरुमा विद्यार्थी गूणिय चक्रको रुपमा यो शैक्षिक अवधारण लागु गरिएको हो । हाल क्वालिटि कन्ट्रोल सर्कलको अवधारण नेपाल लगाएत भारत, अमेरिका, बेलायत, मोरिसिस, श्रीलङ्का, बाङ्गालादेश लगाएतका देशहरुका विद्यालयहरुमा लागु भईरहेको छ । यो अवधारण लागु गरिरहेका विद्यालयका विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरिने कन्भेन्सन देखि हब कन्भेन्सन, राष्ट्रिय कन्भेन्सन देखि अन्तराष्ट्रिय कन्भेन्सन सम्म सहभागिता हुन पाउने अवसरहरु प्राप्त गर्दछन् ।


विद्यार्थी गूणिय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल) ६ देखि १० जना विद्यार्थीहरुको समूह (सर्कल) निर्माण गरि आफैसंग सम्वन्धित समस्याहरुको वैज्ञानिक विद्यीहरुको प्रयोग गरिस सहकार्यमा समस्याको पहिचान गर्ने, यसको कारणहरु केलाउने, यसले पारेको प्रभाव र समस्या समाधानको उपायहरुको विश्लेषण गर्ने एक नवीनतम अनुसन्धनात्मक विधी हो । यस क्रममा विद्यार्थीहरुले समस्या कारण, असर र न्यूनीकरणका उपायहरु प्हिचान र कार्यान्वयन गरिरहँदा व्यक्तित्व विकास, सहकार्य, सामुहिक नेतृत्व विकास, समयको परिपालन, सामाजिकीकरण, संचार र समस्या समाधानका सिपहरु हासिल गरिरहेका हुन्छन् ।

अहिले नेपाली समाजमा सामुहिक प्रगती उन्नती र विकासको सिद्दान्तलाई अनुसरण गर्नु भन्दा ब्यक्तिवादी लाभ र चिन्तन हावी भइरहेको परिप्रेच्छमा विद्यार्थी गूणिय चक्रले सहकार्य र सामुहिकताको अवधारण अवलम्वन गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने अवधारण हरेक विद्यालयहरुमा लागु गर्न सकिएमा प्रविध्ी र सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न सकिने विचार मन्त्री सारुले राख्नु भएको थियो ।


सन १९६२ देखि शुरु भएको यो विधी नेपालमा १९९९ हिमालय विद्या मन्दिरबाट भित्रिएको हो । देशमा माग बमोजिमको दक्ष जनशक्ति परिपुर्ति गर्न नसकिरहेको अवस्थामा नेपालबाट विद्यार्थीहरु एस इ इ गरेपछि बिदेश पलायन हुनुले गम्भिर चिन्ताको विषय भएकोले यो अवस्थालाई चिर्न विद्यार्थी क्वालिटी सर्कल विधी उपयोगी रहेको पनि बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय गिरीधरीलाल न्यौपानेले आफ्ना बिगतका पढाइका स्मृती सम्झिए । हिजको अवस्था र आजको परिबेश बेग्लै भएको र निजी विद्यालयप्रतिको धारणामा परिबर्तन भएको बताए । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमुना रोक्का तामाड.ले आयोजकको कामको प्रसंसा गर्नुभयो ।


समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथी क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङ निवर्तमान अध्यक्ष निराजन अधिकारी, बरिष्ठ उपाध्यक्ष नारद रिजाल, कपिलबस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डे, भू. पु. सैनिक स्कुलका उपाध्यक्ष लक्ष्मी सारुले शुभकामना मन्तब्य राख्नु भएको थियो । १३ वटा विद्यालय प्रत्यक्ष सहभागी र ४ वटा विद्यालय अवलोकन कर्ताको रुपमा ६०० बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता हब कोअर्डिनेट्र मिलन भण्डारी, स्वागत को कन्भेन्र तथा विद्यालयका प्रिन्सिपल डम्बर बहादुर सोमै तथा संचालन विद्यार्थी द्वय बिनिता नेपाली र र गुराँश पल्ली मगरले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0