दयाराज न्यौपाने
पाल्पा मंसिर २ ÷ पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले देशका लागि आवस्यक दक्ष जनशक्ति नेपालमै उत्पादन र व्यवस्थापन गर्ने तर्फ सरकार लाग्ने बताउनु भएको छ ।

वेद माध्यमिक विद्यालय बगनासकाली ८ बराङ्दीको ६६ अांैं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई बराङ्दीमा सम्बोधन गर्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले नेपालको शिक्षा सुधारका लागि प्रतिनिधिसभाबाट शिक्षा ऐन जारी गर्ने दवाव सिर्जना गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय केही भएन र सबै गल हुन् भन्ने भाष्य निमार्ण भएको बताउनु भएको छ । उहाँले यस्तो भाष्य निमार्ण हुनु दुःखद भएको बताउदै सबै गलत नभएको,राम्रो कामको थालनी भएको उल्लेख गर्नुभएको थियो ।


कार्यक्रममा बिशिष्ट अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले गुणस्तरीय शिक्षा प्रदानमा पाालिका चनाखो रहेको बताउनु भएको छ । उहाँले सामुदायिक विधालय देखिएको समस्या समाधानका लागि कार्यदल गठन गरि शैक्षिक सुभारमा अगाडी बढ्ने तयारी रहेको समेत बताउनु भएको हो ।उहाँले अभिभावक शिक्षालाइ पालिकाका सबै माविमा संचालन गरिएको उल्लेख गर्नु भएको छ ।

वार्षिकोत्सव समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका प्रधानाध्यापक टुनवीर रेश्मीले १ करोड ३० लाख ९७ हजार रुपैयाँको आय व्याय विवरण प्रस्तुत गदै ९० बटा अक्षयकोष स्थापना मार्फत १० लाख रुपैयाँ स्थापना भएको जानकारी गराउनु भएको थियो। विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद बस्यालले विद्यालयमा विगतदेखि भएको कामलाई थप मजबुत बनाउदै विद्यालयले आगामी दिनमा प्रविधि र जीवनोपयोगी सीपयुक्त शिक्षा प्रदानका लागि क्रियाशिल रहने उँहाको भनाइ थियो ।


समारोहमा बगनासकाली गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष मोतिलाल बस्याल,विद्यालयका सल्लाहकार तथा बगनासकाली ९ चापपानीका वडा सदस्य कृष्णप्रसाद भुसाल लगायतले शिक्षाको विकास आजको आवस्यकता भएको बताउदै गुणस्तरीय शिक्षाका लागि अभिभावक र शिक्षकको भुमिका महत्वपूर्ण रहने बताउनु भएको छ । हाल विद्यालयमा बाल विकासदेखि कक्षा ९ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुँदै आएको छ । वार्षिकोत्सवको अवसरमा बराङ्दी निवासी स्व रबिलाल न्यौपानेको स्मृतिमा उहाकी श्रीमती टोपला न्यौपानेले एघार हजार एघार सय प्रन्ध रुपैयाँ विद्यालयमा अक्षयकोष स्थापन गराउनु भएको छ ।


समारोहमा विद्यालयको जेहनदार बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो भने एस सि इईमा सफल भएका बिद्यार्थीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो, भने अभिभावक बिच भएको कुर्सी दोड प्रतियोगितामा बिजयीहरुलाइ समेत पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा शिक्षक बिमला बस्याललाई सम्मान –पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।


कार्यक्रमको बिच बिचमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै सास्कृतिक कार्यक्रम समेत संचालन गरिएको थियो ।कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।


समारोह सहायक प्रधानाध्यापक संगीता पाण्डेको स्वागत मन्तव्य शिक्षक देवीलाल पौडेलको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद बश्यालको अध्यक्षतामा समारोह चलेको थियो । सांसद गैरेले माध्यमिक तहको अध्ययन यसै विधालय बाट पुरा गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0