दयाराज न्यौपाने
पाल्पा । चैत २८ । पाल्पाको बगनासकालीमा हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र बगनासकाली गाउँपालिकाको समन्वयमा बगनासकालीका १५ जना,तानसेन र रिब्दिकोट गाउँपालिकाका ४ जनालाइ हाते ट्याक्टर मर्मत सम्बन्धि १५ दिने तालिम दिइएको हो ।


१९ जनालाई तालिम दिइएको हो । बगनासकाली भित्रका ९ वडा मध्ये प्रत्येक वडा र रिब्दिकोट र तानसेनका गरि १९ जनालाई तालिममा सहभागी गराइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यक्रम संयोजक मनोज घिमिरेले जानकारी दिनुभयो ।


बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले यान्त्रीकरणको प्रयोग बढाउदै व्यवसायिक बनाउन निरन्तर लागि परेको बताउनु भएको छ । उहाँलेतालिम व्यवसायीक बनाउन सहयोग पुग्ने बताउनु भएको छ । अध्यक्ष चिदीले तालिमलाई सहि सदुपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकुमार पौडेलले तालिमले सिपको विकास गराउदै आय आर्जनको दरीलो आधार तयार पार्ने सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रमा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक,प्रमुख प्रशासकीय खेमराज छिनाल,वडा नं ६ का वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारी,प्रशिक्षक मोतीराज खनाल,सहभागी नारायण न्यौपाने लगायतले तालिमले सिपको विकास संगै रोजगारी सिर्जना गर्ने मद्त गर्ने बताउनु भयो ।
सोही अवसरमा बगानासकाली गाउँपालिकले हाते ट्याक्टर मर्मतका लागि औजार समेत उपलव्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0